सपनीमा तिमीलाई, देखें आज सबेरै, तिम्रो तस्बिर छोएर, रोए अझ म धेरै । सिउँदो भरी सिन्दुर, गला भरी पोते, सजिएरै पराई भयौ, रोए अझ म धेरै । त्यो मुटुमा साँची राखी, तिमी मेरो भन्थ्यौ, टुट्यो साईनो छुट्यो साथ, रोए अझ म धेरै । फुल सरी सुम्पिएथ्ये, बिझाउँने काँडा भन्यौ, निसास्सियो प्राण मेरो, रोएँ अझ म धेरै । थाहै नपाई जिउँदै मार्यौ , माया भयो बैरी , छट्पटाउँदै ढली रहेँ, रोएँ अझ म धेरै ।। रतन चन्द ।