" कठै मेरी चरी......! "

कठै मेरी चरी......! 
रात भरी पानी पर्‍यो, यस्तै हो नि बर्खे झरी, 
ओतलाग्ने गुँड पनि, भिज्यो होला घरी घरी ! 
कठै मेरी चरी......!

एक्लै एक्लै पिडा हुन्छ, सम्झदा नि यो मुटुमा,
कैले साथ दिन पाउँला, उनको दु:खद घडीमा !
कठै मेरी चरी......!

चट्याङ पर्दै आयो होला, कालो बादल गर्जदै,
अत्तालिन्छु छट्पटाउछु, संम्झी संम्झी म रुँदै ! 
कठै मेरी चरी......!

चिर्बिर चिर्बिर त्यो गुहार, कस्ले सुन्यो होला, 
यही मौका छोपी छोपी, बैरी कती हाँस्या होला !
कठै मेरी चरी......!

साहारा म हुन चाहन्छु, सक्छौ भने जुर्याइ देऊ ,
तिम्रो बसमा छैन भने हे बिधाता मृत्‍यु देऊ !!
कठै मेरी चरी......!
                                        रतन चन्द ।
      

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"