" म आज ! "

एउटा प्रश्न जागी रह्यो कहाँ छु म आज,
जिन्दगीको कुन मोड्मा हराए छु म आज !

संघर्षका पाइलाहरु अन्त्य होइन अनन्त भै
हजारौं हजार चोट खाँदै हिड्दै छु म आज !

उनको आगमनमा कठै ! केही पल रमाएथ्ये ,
त्यही माया साँची उन्लाई खोज्दै छु म आज !

सम्भालिन्न यो मन सधैं जप्छ उनकै नाम,
पागल सरि अन्धो प्रेममा भुल्दैछु म आज !!

एउटा प्रश्न जागी रह्यो कहाँ छु म आज,
जिन्दगीको कुन मोड्मा हराए छु म आज ! 
                                      रतन चन्द  ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"