" सम्झना तिहारको ! "
नाङ्लो भरी सेल,फिनी र बाँटाभरी उसिनेको आलुमा भुटेको तिल र चिरेको हरियो खुर्सानीलाई अमिलो कागतीले भिजाउँदै गरेको दिदीको त्यो सुकुमार हातको याद आयो । दाजुभाईको दिर्घायुका लागी घरको दैलोमा टिका लगाई ओख्खर फोर्दै गरेका दिन याद आयो । म चक्चके "भोक लाग्यो दिदी छिटो टिका लाइदिनु न " भन्दै दिदीलाई सताएको याद आयो । भाईटिकामा भाईबाट सुरु हुने हुँदा सँधै तिहारको पहिलो टिका थाप्ने यो निधार आजकाल खाली भएको पनि बर्षौ भएछ । तिहारमा प्रवास हुँदा छट्पटिएको मनलाई दिदी बहिनीको फोटो हेरी सान्त्वना लिने म जस्ता हजारौ प्रवासी नेपाली दाजुभाईहरुको ब्यथा यस्तै त होला । यही सम्झी आफ्नो मन बुझाउनु बाहेक अरु के नै रहयो र यसपालीको तिहार पनि । अन्तत: तिहारको हार्दिक शुभकामना सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईहरुमा ।
Comments
Post a Comment