" मौनतामा लुकेको प्रणय !"

                           
"उनी सँग गाँसिएको मेरो जीवन र मौनतामा लुकेको प्रणय  (भाग-२) "
                                    
           उनलाई पहिलो पल्ट मेरो दिदी को साथमा देखेको थिएँ। त्यस दिन देखी मेरो नजर उनी माथि परी रहेको थियो ! समयले रफ्तार लिदै गयो म पनि उमेर सगै उक्लदै गएँ ।अन्तह: त्यो दिन आयो जहाँ उनको र मेरो भेट सम्बन्धमा गाँसिन पुग्यो । मलाई राम्ररी हेक्का छ त्यस दिन सरस्वती पूजा अर्थात बसन्त पन्च्मी परेको थियो । चारै तिर स्तुती र बाजा गाजाका साथ मेरो मुमाले उनको हात मेरो मेरो हातमा थमाई दिनु भयो ! त्यसदिन देखी जोडीएको नाता जीवनको यो उत्तरार्ध सम्म आई पुग्दा जे जति दु:ख,कस्ट आई परे पनि सदासर्वदा मेरो साथ दिई रहेकि छिन ! अझ उनको स्नेहताले सदैव मलाई प्रेरणा मिलेको छ । 
          म मेरा आफन्त देखि सात समुन्द्र पारी यो मरुभुमिमा छु ! यहाँको तातो बालुवामा आफ्ना शरीरका पसिना तरतर चुहाउदै जब बेलुका उनी सामु पुग्छु दिन् भरीको थकान बिर्सिएर उनी सगँ रमाउदै फेरि कल्पनाको सागरमा हराउछु ! यो नाता, उनको साथ अनी मेरो जीवन यात्रा अनन्त अनन्तसम्म रहने छ ! म कामना गर्छु मेरो समाधिमा पनि उन्कै साथको सिरानी होस्  मैले भर्खरै बसन्त पँन्चमीका उनीसगँ "सिल्वर जुब्ली" मनाएँ ! उनलाई बोलाइने विश्वभरी सयौँ नाम होलान तर म उनिलाई मेरो मातृ भाषामा "कलम" भनेर बोलाउने गर्छु !हजुर मेरो प्यारो "कलम" अनी मेरो प्रीय मित्र "पुस्तिका" यी दुबै मेरो जीवनका अभिन्न अङ हुन ! मेरो प्यारो "कलम" ! तिमी लाई कोटी कोटी प्रणाम !!
                                                             !! समाप्त !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"