" गीत ! "

बैंस छँदा परदेश आएँ बुढो भएँ अहिले 
रिनै रिनले बाटो पाईन घर जाने कहिले ।  

साथी भाईको गुनासो छ कैले आउँछस अ'रे,  
घरको पनि त्यही चाहना दोधारैमा परें, 
आफु आउँदा ले को रिन दोब्बर अ'रे, 
रिनै रिन ले बाटो पाईन घर जाने कहिले ! 

आउनु चाँडै पियार बसेछु पर्खेर....! 

पसिनाको धारा बग्यो तातो घाम खाँदै, 
यो जिन्दगी यसै बित्यो सपना सजाउँदै, 
महँगीले गर्नु गर्‍यो भन्छन घरमा अहिले, 
रिनै रिनले बाटो पाईन घर जाने कहिले !!

आउनु चाँडै पियार बसेछु पर्खेर....! 

दु:ख पर्दा खुशी दिने तिमी थियौ साथ,
पोल्छ मुटु यसै पनि बैराग्यमा आज ,
बिधाताले के के लेख्यो जानिन नि मैले,   
रिनै रिनले बाटो पाईन घर जाने कहिले ।। 
शब्द,संगीत- रतन चन्द । 



Comments

Popular posts from this blog

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

हृदयको माझ