"कथा शिर्षक बिनाको- अध्याय- १ ! "
संधै झै अफिसको काम सकिएर उनी फर्किदै थिईन । उनको हिँडाईबाट मैले अनुमान लगाउने गर्थें कि आज उनको मुड कस्तो छ । आउँदा जाँदा मेरै आँगनको बाटो भएर हिंड्ने हुँदा मेरो अनुहार न हेरी उनलाई सुख्खै थिएन । सर्लक्क परेको जिउ अनी ती ठुला आँखाको कोर्के नजर मेरो मन मस्तिस्कमै गाढीएको थियो । हो म उनलाई मन पराउँथे तर "म तिमीलाई माया गर्छु । " भन्ने त्यो अवसर कहिलै आएन एकै गाउँघर हुँदा पनि हामीमा त्यती बोल चाल थिएन,किशोर अवस्था देखी शहरमा हुर्केकी र पढे लेखेकी हुनाले राम्ररी घुलमिल हुने समय नै मिलेन तर मलाई याद छ त्यो बाल्यकाल र उनी सँग बिताएका केही स्वर्णिम पलहरु सुन्तलाको टुक्रा आकारले बनेको त्यो मिठाई जस्लाई हामी दुबैले बाँटी चुँडी खान्थ्यौ,घरबाट पनि सँगै नजिकैको पाठशाला जान्थ्यौं । यी अतितका स्मरण बिट्मार्न नपाउँदै उनी मेरो छेउ आई पुगिन " राजा एक गिलास पानी पीउन ।" "ए हुन्छ नि बरु यतै पंडिमा आऊ बस ।" लगभग एकै उमेरका हुनाले हाम्रो सम्बोधन तिमी नै बढी चल्थ्यो । " ए स्यानी अन्टी लाई पानी ल्याई देउ त । " मैले आफ्नो भान्जिलाई बोलाउँदै भने जमिन मुनी गाढेको गाग्रीबाट कशौंडी भरी पानी निकालेर साथमा एउटा गिलास बोकी अाईन । "मामा मामा हजुरले सुनाउने गरेको कथाको परी जस्तै अन्टी त ।" भन्दै खितित्त हाँस्दै आगन तिर दौडिन र खेल्न जाने अनुमती लिदै ओझेल परीन । यो कुरा सुनेर अचानक उनको गला सट्कियो लजाउँदै र आश्चार्य मान्दै मनमा केही उत्सुक्ता पुर्वक म तिर हेरिन । क्रमश:-
Comments
Post a Comment