" सम्झना टाढा हुनेको ! "

सपनीमा तिमीलाई, देखें आज सबेरै, 
तिम्रो तस्बिर छोएर, रोए अझ  म धेरै ।  

सिउँदो भरी सिन्दुर, गला भरी पोते, 
सजिएरै पराई भयौ, रोए अझ म धेरै ।
  
त्यो मुटुमा साँची राखी, तिमी मेरो भन्थ्यौ, 
टुट्यो साईनो छुट्यो साथ, रोए अझ म धेरै । 

फुल सरी सुम्पिएथ्ये, बिझाउँने काँडा भन्यौ, 
निसास्सियो प्राण मेरो, रोएँ अझ म धेरै 

थाहै नपाई जिउँदै मार्यौ , माया भयो बैरी , 
छट्पटाउँदै ढली रहेँ,रोएँ अझ म धेरै ।।
                                      रतन चन्द ।


Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"