" बेदना यो हिर्दयको !"

हरेक पटक पछारिँदा नि 
उठ्ने कोशीस गरेँ 
सुखी जीवन खोज्दा खोज्दै 
सात समुन्द्र नि तरें !

मरुभुमी नै लेख्या रैछ 
जिन्दगीको अर्थ 
निराशाले चुलिँदैछ 
सकिँदै यो समय ब्यर्थ !

आँखा बाट तप्प चुहिए 
कहिले काँही आँशुहरु 
बिगत जब ताजा भए  
गले शरीरका मासुहरु !

पराईको माटोमा  
कस्ले सुन्छ चित्कार
एकदिन दुइदिन भन्दा भन्दै 
बर्षौ गयो बेकार 

पिडाहरु सँगालेर 
हाँसी सबका माझ 
संघर्षमय जीवनको 
एक्लो यात्री म आज !! 




Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"