" टुक्राटाक्री-२ ! "
( क )
प्रभातको किरण सँगै जब सन्देश आयो,
धेरै पछी आज यो मन खुशीले रमायो !
ओखती भो मेरो लागि उनको मिठो बोली,
स्वागत छ रे प्रेम प्रस्ताव भनिन दिलै खोली !
कसरी म आभारी हुँ ह्रिदयको स्पन्दनलाई,
कुन शब्दले ब्यक्त गरुँ जस्ले दियो बास मलाई !
उपवास गर्छु दिन दिनै मिलाउँदैछु कुन्डली,
साँचेको छु सारा खुशी समर्पित गरी यो जिन्दगी.....!!
( ख )
मेरो प्यारो जीवन साथी बनी दियौ तिमी,
मुटुभरी उमङ ल्याइ छाई दियौ तिमी !
कोर्के हेरी मुस्कुरायौ लट्ठै लट्ठै लट्ठै भएँ,
ढुकढुकीको बेग बढ्यो त्यसै भित्र खोज्दै रहेँ,
खुशीका यी पलहरू बाटुँ आज कहाँ,
यो मन उडी जाउँ भन्छ तिमी छौ जहाँ.......!!

( ग )
दु:ख पर्दा खुशी दिने ,सुख हुँदा हाँसो,
यो धर्तिमा मेरै लागि ईश्वर को नासो !
तिम्रै प्रगाढ प्रेम राखेको थाती,
मेरो प्यारो साथी तिमी ,मेरो प्यारो साथी !!
( घ )
जति सुन्यो सुनु लाग्ने, उनको मिठो बोली,
रिस राग कतै छैन, भन्छिन् दिलै खोली !
३२ लक्षण युक्त उनि, बर्णन गर्ने म को हुँ,
संसार रुपि मन्दिरमा, पुजा गर्ने भक्त पो हुँ !!
( ङ )
मैले खोज्नु तिम्ले रोज्नु एकै चोटि परेछ ,
सम्बन्ध यो गाँसिएको पहिलो भेट्नै भएछ !
खै कसरी भेट्टायौ रे हजारौं को भीड्मा,
थाहै नपाई सजायौ रे छाती भित्र दिलमा !
साथी भाईको कुरै छोडौ न डरायौ समाजको,
मलाई राजा बनायौ बनी रानी मनको !
चाल पाए बौलाउने होलान् कति कति ,
झन् झन् गाढा हुदै छ रे हाम्रो माया पिरति !!!!

Comments
Post a Comment