" गीत !"

कहाँ सक्छु जान टाढा तिमी देखी ओझेल परी, 
तड्पिदैं छु एक्लै यहाँ नसताउन सधैंभरी ।   

हेरे नजर जुधि हाल्छ बोले बात भन्छ्यौ, 
बैगुनी भो मन पनि सहन्छु म जे कहन्छ्यौ, 
जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,  
तड्पिदैं छु एक्लै यहाँ नसताउन सधैंभरी ।    

छट्पटाउँछु कहिले काही बैराग्यले भेटे,
मन सागर भै उर्ली आउने किनारमा देखे,
जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,  
तड्पिदैंछु एक्लै यहाँ नसताउन सधैंभरी ।  


मेरो माया तिमी नै हौ राख दिलमा साँची, 
सुम्पीदै छु सारा खुशी देउरालीलाई भाकी,
जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,  
तड्पिदैंछु एक्लै यहाँ नसताउन सधैंभरी ।  
                                           रतन चन्द ।   


     
  


       
  

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"