" प्रेम ! "

छ कोही त्यो यो दिलमा बस्या, 
मिठो अनुभुती र  नौलोपन रच्या ,

उनकै वरीपरी हुन्छु अचेल ,
देव देवालय घुम्छु अचेल ,
भक्त हुँ या भक्ती जाग्यो,
सर्वस्व सुम्पी जिउन मन लाग्यो !
      
यस धर्तिका हामी नर नारी ,
समयको गति सँग चलाई सवारी ,
प्रेम नै पुजा मन यो तपोवन ,
प्रेम नै शक्ति प्रेम नै जीवन  !

हेर्दा हेर्दै धपक्क बलेसी ,
मन मस्तिस्कलाई त्यतै लगेसी, 
अमृतपान गरें जब मधुर बोलीको, 
झलमल्ल भो मुहार मेरो यो !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"