"पिडा !"
बिरामी म होइन भने थला पार्यो ज्वरोले,
भतभती पोल्यो शरीर त्यै ज्वरोको पारोले !
भतभती पोल्यो शरीर त्यै ज्वरोको पारोले !
अली अली सुख्खा खोकी मिसिएर आयो,
बिरानो यो मुलुकमा कस्तो दशा लायो !!
बिरानो यो मुलुकमा कस्तो दशा लायो !!
एक्लै हुँदा मन बुझाउने तिमी थियौ ओखती,
तिमी पनि टाढा भयौ भोगी रा'छु यो गती ।।
तिमी पनि टाढा भयौ भोगी रा'छु यो गती ।।
रात भरी लुकी लुकी, सपनीमा आउनेलाई,
अलिकती सापट भन्दै, निद चोरी लानेलाई,
के सजाय दिउँ खै आज, तिम्रो नट्खट बानीलाई...!!
रतन चन्द ।
Comments
Post a Comment