कथा "शिषक बिनाको- अध्याय-३ । "


              सायद यो भाग्यको खेल भनु या संयोग,जीवनका उकाली ओराली पार गर्दा आफै भित्र भर्खरै मौलाएको प्रेमको फुल पनि क्षितिज पारी अस्ताउँदै गरेको घाम सँगै ओझेल पर्‍यो,हो म प्रवासमा करीब ८ बर्ष बिताउँदा यहाँ धेरै परिवर्तन आई सकेछ । गाउँका तन्नेरी ठिटाहरु पनि म जस्तै लाहुर भासिएछन अझै बाँकी रहेकाहरुको जाने क्रम रोकिएनछ । नेपालको राजनैतीक परिवर्तन सँगै मुलुकले बिगत २३ बर्षमा धेरै युवाहरुको बली चढाएको छ । यस् क्रममा कोही सहिद भए,कोही प्रवासी भए,कोही स्वदेश मै भौतारीएका छन भने कोही सुनौला सपनालाई आहुती दिँदै रातो बाकसमा पोको परेर फर्केका छन त कोही शरीरको आधा भाग परदेशमै चढाएर फर्केका छन । हो म पनि त्यही भित्रको एक युवा हुँ भाग्यले धोका दिएर आफ्नो अपुरो शरीर सँग घर भित्रिएँ आमा बाबुको सुनौलो सपना,सानो घर अनी सुखी परिवार यी यावत कुरामा हराउँदा हराउँदै आफ्नो बाँया गोडा काटिएको पत्तोनै पाईन, मेरो दिन त यसै बितेता पनि उनको दु:खद एवं कहाली लाग्दो बिगत थाहा पाउँदा मुटुमा गाँठो परेर आयो । हिजो मात्रै दिदिले भनेको कुरा मेरो आँखा अगाडि चलचित्र झै छाउन थाल्यो । एकै गाउँका र हाम्रो जात मिल्ने हुँदा र म परदेशमा रहँदा यहाँ घरमा उनको र मेरो विवाहको कुरो माईजुले चलाऊनु भएछ । उनको आनीबानी राम्रो देखेर घरकाले नि स्विकारेछन र मलाई खबर जसै आयोमा खुशीले रमाएँ । जस्लाई मैले पाउन जीवनभर आशावादी थिएँ आज उनै मेरे जीवन सङिनी बन्दै छीन कती हर्ष थियो मन भरी दैनिक उनकै कल्पनामा हराउँथे , कामको बेस्तता त छदै थियो । भरखरै बिवाह गरेर फर्केका साथीहरुको अनुभव सुन्दा झनै रोमान्चित हुन्थे । जीवनको नयाँ यात्रा अनी त्यो सुहागरातको पहिलो भेट कस्तो होला ? क्रमश:-

Comments

Popular posts from this blog

" अजम्बरी !"

प्रीया ।