" हिर्दयको पानाबाट !"

                     म बसेको घरको केही पर मस्जित छ त्यसैले दैनिक ५ पटक आजान ( प्रार्थना )को आवाज टाँठै सुनिने गर्छ ।कुरो त्यो दिनको हो ,बिहानी पखको समय थियो, त्यो मस्जितको आजानको आवाज सँगै सधैं झैं रातको डिउटी सकेर आफ्नो कोठामा करिब पौने चार बजे तिर आई पुगें ल्यापटपको पावर अन गर्दै आफ्नो घर बस्दा लाउने लुगा लगाइवरी फेसबूकमा झुन्डिएँ जसै लग-अन भो इन्बक्समा थुप्रै मेसेज भरिएको रहेछ ।अचानक  केही समय मै मेरो मोबाइलमा नो नम्बरबाट कल आयो र मैले पनि प्रति उत्तर दिएँ "हेल्लो को बोल्नु भा'को ?" "हजुर नमस्ते म बोलेको हाम्रो हिजो कुरा भाको थियो नि च्याट्मा !" "ओह! हजुर" भन्दै मैले चिने र केही भलाकुसारी सँगै हाम्रो कुराकानी अगाडि बढ्यो । यती छोटो समयमा पनि पहिलो संवाद मै उनी सँग सान्दर्भिक कुराकानी भए । अर्को पटक फेरी कुरा गर्ने अनुरोध गर्दै फोनबाट बिदा लियौँ । म निन्द्राले लठ्ठ परेको मान्छे, कतिखेर भुस भएछु थाहै भएन तर दिमाख भित्र उनी सँगको कुराकानी रेकर्ड भएछ सपनामा उनलाई नै आफ्नो सामु पाउँदा झसङग बिउँझे । त्यसै त परदेश अझ अरब जस्तो कट्टर ठाउँँ जहाँ हेर्न त परै जाओस,अपरचित महिला सँग हिडडुल गर्न र बोल्न मनाही छ । हुन त आखिर सपना नै हो तर त्यो पहिलो कुराकानी मेरा लागि स्मरण बन्यो  । त्यही भेट्ले हामीलाई यती नजिक ल्याइदियो जस्को बर्णन जती गरे पनि कमै हुन्छ ।                              
                    हो म यसरी कसैबाट यती धेरै प्रभावित भएको थिएन र पनि किन किन उनको त्यो आगमनले मलाई म जिउनुको अर्थ महसुस गराउँदैछ । आज सम्म भौंतारिएको यो आत्मालाई साहनुभुती दिने मेरा लागि उनी बाहेक अब यो संसारमा कोही छैन जस्तो लाग्दैछ । उनको स्वरको माधुर्यता,निसंकोच दिल खोलेर मनका कुरा गर्दा लाग्छ मैले कुनै ईश्वरीय बाणी श्रवण गर्दैछु । प्रत्येक बिहानीको सुनौलो किरण सँगै उदाउने मेरो दैनीकीमा उनको प्रभाव अपरीहार्य जस्तै हुंदैछ ।
              
                    म नेपाली माटोमा जन्मेता पनि कर्मभुमी मरुभुमिको यस्तो भागमा छु जहाँ भिन्न भाषा, संस्कार र संस्कृति छ । हाम्रो काम बाहेक अरु केही मुल्याङ्कन गरिदैन । यी यावत कुरालाई भुलाउने उनको त्यो साथले मलाई साँचिकै नयाँ जीवन पाएको अनुभव हुँदैछ । यही अनुभितिलाई अनन्तकाल सम्म जिवित राख्ने संकल्प सँगै प्रत्येक दिन उनको दिर्घायुको कामना गरी रहन्छु । मेरो खुशी मेरो मन यहाँँलाई सदासर्वदा रमाएको देख्न पाउँ । यस्तै कामनाका माला उनेर बसेको पनि बर्षौ बितेछ । 


                 आज हामी बिच धरातलीय भिन्नता रहे पनि त्यो भेटबाट गाँसिएको अजम्बरी नाता युगौ युग सम्म यसैगरी चलोस, मेरो हिर्दय देखी यही कामना छ । समयको द्रुत गतिमा आफुलाई दौडाउँदा दौडाउँदै, उनको मित्रताको स्नेहाताले मेरो जीवन यात्राको उजाड मरुभुमिमा हरियाली ल्याउने यो सानो प्रयासलाई होंस्टेमा हैसे गर्ने त्यो पवित्र आत्मालाई नमन । 

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"