" एउटा गीत ! "
मात लाग्यो लौन मलाई तिम्रो रुप रङको,
तानीदैछु कमजोर हुँदै नौलो अनुभुती यो ,
कती माया साटथ्यें होला तिमी मेरो भए ,
हाँसी खुशी बिताई दिन्थें जीवनभरको साथ पाए ,
सम्भाल्न नै सक्दिन नि सम्झें जब तिमीलाई ,
ब्यर्थ्यै गाह्रो हुन्छ किन जिउन अचेल मलाई ,
मात लाग्यो....।
अलिकती मिसाएर तिम्रो पनि चाहना ,
मिलनको रेखा कोरी सजाई दिउँकी सपना ,
लुट्यौ सारा जे थियो सुनाउँ ब्यथा कसलाई ,
ब्यर्थ्यै गाह्रो हुन्छ किन जिउन अचेल मलाई ,
मात लाग्यो....।
Comments
Post a Comment