" परदेशीको गीत ! "

भन्छन गाउँमा फुल्यो अरे सयपत्री मखमली,
यसपाली त आउँछकी दाई ? लाग्दैछ रे खुल्दुली !

नाग्लो भरी फुल अनि धागो उनी माला,  
जिन्दगी यो बेर्थ्यै भयो के भो यस्तो चाला ,
उमेर सँगै बढ्न पर्ने यो दु:खको घाऊ ,
आधा जुनि बिती गयो पाईन मलम कहाँ जाउँ ? ,
खुशी छरी आगन भरी पर्खि बस्छिन सबै भुली ,
यसपाली त आउँछकी दाई ? लाग्दैछ रे खुल्दुली !! 


कुटुम्ब नि टाडा भए बिरानो भो देश ,
तनाव मै जिउनु पर्ने कस्तो परदेश ,
भित्र भित्रै मर्यो प्राण रित्ती सकें गली ,   
टप्प टिपी चुँडी लैजाउ बिन्ती गर्छु हे कली , 
सिरानीमा फोटो राखी सम्झिन्छिन रे हर घडी , 
यसपाली त आउँछकी दाई ? लाग्दैछ रे खुल्दुली !!!!
                                          शब्द- रतन चन्द । 


Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"