" गीत ! "

कुनै रात तिम्रो तस्बिर हेर्दा हेर्दै बित्यो, 
कुनै रात केवल कोल्टे फेर्दा फेर्दै बित्यो । 

ब्यथाहरु मनको कोरी पाना भरी,
सम्झ तिमी यतीका दिन रहें कसो गरी, 
कुनै रात तिम्रो बाटो कुर्दा कुर्दै बित्यो, 
कुनै रात केवल आशुँ पुछ्दापुछ्दै बित्यो ।  

एक्लै एक्लै बिछ्यौनामा सिरानीको साथ, 
मिलनको रेखा कोरी जगाई मनमा आश,
कुनै रात जुन तारा गन्द गन्दै बित्यो, 
कुनै रात केवल आशुँ पुछ्दापुछ्दै बित्यो ।   
                               रतन चन्द ।  

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"