"परी"
"परी" प्रभातको किरण सँगै तिम्रै छेऊ आउँकी ? मेरो न्यानो स्पर्शले सुस्त सुस्त जगाउँकी ? परेलीले चिहाउँलान मनको ढोका उघारी, त्यै खुशीमा रमाउँदै "परी" भनी बोलाउँ की ? Missed yOu ever.....! आँखा छोपी निदाएनि सपनीमा आउथ्यौं, घुम्टो ओढि पिरतीको मेरै काखमा हराउँथ्यौ, एकान्तमा छट्पटाउँदा वर पर डुली, स्मृतिको चौतारीमा पर्खि मलाई बोलाउँथ्यौ, सुन्य भयो यो मन मेरो तिम्रा सुमधुर स्वर बिना, फर्की आउ सक्दिन म जिउन अब तिमी बिना....!! Missed yOu eVer.......!! तिमी नै त हौ नि जीवन भरको साहारा, भन्थेउ कहिले रुंदै रुंदै छाडि नजाउ हे प्यारा ! हेर्दा हेर्दै डाँडै काटि लाग्यौ डोली चढि , आधा जिउ त्यतै गयो बाँचु अब कसो गरी !! लुटिएको मन रातो गुलाब हातमा थियो तिमी मेरो साथमा, चाहना यो बढ्दै गयो जुनेली त्यो रातमा, परेली त्यो झिम्काउँदै लठै पारी दियौ, भन र...