" मातृभूमि सम्झँदा ! "
जिन्दगी किन अध्यारो लाग्छ । किन गन्तब्य हिन लाग्छ । हे दैव ! यस्तो जिन्दगी कसैलाई न दे । शब्दहरुको अन्तरद्वन्द्ध भित्र हराई गोठ भरी रहेका उँट्लाई घाँस हाल्दै छटपाएको मनलाई सान्त्वना दिने निकै कोशीस गरें । पासपोर्टमा पेशा जे लेखे पनि र जती पढे पनि परदेशमा पाइने जागिर उहि त रैछ यो खाडीमा । यहाँ आए पछी बल्ल थाहा पाइयो ।
देश बन्दुक र सन्दुक (आर्थिक चलखेलको बाकस)मा रगतको खोलो बगी रहँदा र गाउँका साथी भाई गाउँनै सुन्ने बनाउने गरी हराउँदा अब त आफ्नो पनि पालो आएछ कि क्या हो ? भन्ने सोचेर ज्यान नै प्यारो सम्झी समुन्द्र पारी होमिए । हुन त सुख, कर्ममा नलेखे पछी जहाँ गए पनि उस्तै, पुर्पुरोलाई दोश दिदै मनलाई सान्त्वना दिनु बाहेक के नै रहयो र यो परदेशमा । भबिस्यका ती सुन्दर सपना बोकी घरको दु:खको भार कम गर्न जोशिदै निस्किएको पनि १७ बर्ष पुगेछ।
अब त गाउँ पनि शहर बन्यो रे । साथीभाई पनि ती चिल्ला सडकमा मोटरगाडी गुडाउने भए रे । शान्तीवार्ता पछी मुलुकमा परिवर्तन आई केही बिकास सँग सँगै देश भित्र तथानाम राजनीतिक पार्टीहरु खुल्दा र बेलाबखत आन्दोलन हुँदा अगुवाइ गरी राम्रै आयआर्जन गरेछन । जे होस् दु:ख पर्दा र चाडबाड आउँदा आफ्नै माटोमा रमाउन त पाएका छन । साँचै बिरानो मुलुकमा पुगे पछी थाहा हुँदो रैछ आफन्त, साथीभाइ र स्वदेशको माया ।
आफ्नो देशको म्यान पावरबाट भनेको जस्तो काम र तलब नपाएका र यही यथार्त बोकेका हजारौँ युवाहरु आज पनि संसारको हरेक कुनामा कुनै न कुनै रोजगारमा अल्झी रहेका होलान । गाउँघरबाट जती टाढा रहयो त्यती नै बिर्संदै होलान यो कुरा मलाई जस्तै सबैलाई महसुस भै रहेको होला । देश नयाँ मुलुक भनेर विश्वभर आफ्नो परिचय दिंदैछ, अब त आफ्नै स्वदेशको माटोमा पसिना बगाइन्छ । यसै गरी मन भित्र तरङित भएका ईच्छाहरु र सुखद जीवनको कल्पना गर्दै परदेशमा उही हिमाल,पहाड र तराईका फाँटहरु सम्झेँ ।

Comments
Post a Comment