" मेरो अपिल ! "

          सरकारले अब देशमा धर्मिक युद्ध मागे जस्तो छ । आज हजारौँ हजार नागरिकका राहदानिमा धर्म लेख्दा प्राय हिन्दू नै लेखिएको हुन्छ र ती सरकारमा रहेकाहरुको पनि धर्म हिन्दू नै लेखिएको होला । यस्ता मुर्ख मनुस्यहरुको चेतना कमजोर भएको देख्दा दु:ख लागेर आउँछ जुन देशमा ८१% जनता हिन्दू धर्ममा आस्था राख्छन, त्यो देशका जनताको बहुमतको कदर गरिदैन भने त्यस्ता ब्यक्तीलाई राष्ट्र निकाला गरिनु पर्छ ।   
    
          बिगतमा हिन्दू राष्ट्र हुँदा पनि सबै धर्म र जातजातिका जनता अटाएकै थिए अझ भन्नु पर्दा विश्व भरी शान्तीको सन्देश फैल्याउने र शान्ती क्षेत्रको देश भनेर परिचय दिएकै थियो । आज २१औ सताब्दी सम्म आई पुग्दा हाम्रो राष्ट्र बाहेक अन्य मुलुकको प्रगती दिन प्रतिदिन चुलिंदै गएको छ हामी नेपाली जनता सोझा हुनाले र उही सामन्तवादले ग्रसित नयाँ नेपालको बागडोर सम्भालेका शोसकहरुकै गुलामी गर्नाले र बिकासको साटो राजनीतिलाई महत्व दिनाले यो परिस्थी भोग्नु परेको हो यो कुरा सबै माझ अहिले छर्लङ भएको छ । उदाहरणका लागि हाम्रो देश हिन्दू राष्ट्र नभै मुस्लिम,क्रिस्चियन या अन्य समुदाएको बाहुल्यता रहेको भए र आजको अवस्था सिर्जना हुँदा राष्ट्र र जनताको हालत के हुने थियो । अनुमान लगाउनुस् हाल मध्यपुर्वमा देखिएको धार्मिक हिँन्सा नै काफी छ सबैलाई अवगत गराउन । जुन देशमा धर्म,संस्कृति र संस्कार बिथोलिएको हुन्छ त्यो देश इराक,अफगानिस्तान,सिरिया इत्यादी सरह हुने गर्छ । त्यसैले बेलैमा सचेत हुनु जरुरी छ । हिजोका दिनमा  भुलवस गरिएको गल्तिलाई सच्याउँदै समुन्नत समाज र राष्ट्रको निर्माण गरौँ र राष्ट्रलाई धार्मिक हिँसाको सिकार हुन बाट जोगाउँ । जय देश । जय मातृभूमि । 

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"