" उपहार ! "

बिहानीको पहिलो किरण,
नयाँ जीवन ल्याऊ,
फुलहरु मुस्कुराई ,
सुगन्ध यही फैल्याऊ !

ऋतु पनि बषन्त कै,
आगमन होस् बोलाउँदा,
आह!प्रकृति नै रम्न थाल्यो,
तिम्रो शुभ दिन मनाउँदा !

सुन्दर त्यो मुहार देखी ,
झलमल्ल भो जग सारा,
दिर्घायुको कामना गर्छन् ,
चम्की चम्की जुन तारा !

आउ बढाउ पाईलाहरु ,
समय तिम्रो पर्खाईमा,
मंगल् धुन गुन्जँदै छ है ,
उपहार बोकी यो धर्तिमा !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"