" पिरति ! "

मैले खोज्नु तिम्ले रोज्नु एकै चोटि परेछ,
सम्बन्ध यो गाँसिएको पहिलो भेट्नै भएछ ।
  
खै कसरी भेट्टायौ रे हजारौं को भीड्मा,
थाहै नपाई सजायौ रे छाती भित्र दिलमा । 

साथी भाईको कुरै छोडौ न डरायौ समाजको,
मलाई राजा बनायौ बनी रानी मनको । 

चाल पाए बौलाउने होलान् कति कति, 
झन् झन् गाढा हुदै छ रे हाम्रो माया पिरति !!!!
                                     रतन चन्द । 

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"