Posts

Showing posts with the label entertainment

बलिवूड स्टार अभिनेत्री श्रीदेवी रहिनन्

Image
काठमाण्डौ १२ फागुन । श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो । बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो । बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ । सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ । सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थिय...

"परी"

                     "परी" प्रभातको किरण सँगै तिम्रै छेऊ आउँकी ? मेरो न्यानो स्पर्शले सुस्त सुस्त जगाउँकी ? परेलीले चिहाउँलान मनको ढोका उघारी, त्यै खुशीमा रमाउँदै "परी" भनी बोलाउँ की ?         Missed yOu ever.....!   आँखा छोपी निदाएनि सपनीमा आउथ्यौं, घुम्टो ओढि पिरतीको मेरै काखमा हराउँथ्यौ, एकान्तमा छट्पटाउँदा वर पर डुली, स्‍मृतिको चौतारीमा पर्खि मलाई बोलाउँथ्यौ, सुन्य भयो यो मन मेरो तिम्रा सुमधुर स्वर बिना, फर्की आउ सक्दिन म जिउन अब तिमी बिना....!!              Missed yOu eVer.......!! तिमी नै त हौ नि जीवन भरको साहारा, भन्थेउ कहिले रुंदै रुंदै छाडि नजाउ हे प्यारा ! हेर्दा हेर्दै डाँडै काटि लाग्यौ डोली चढि , आधा जिउ त्यतै गयो बाँचु अब कसो गरी !!                   लुटिएको मन  रातो गुलाब हातमा थियो तिमी मेरो साथमा, चाहना यो बढ्दै गयो जुनेली त्यो रातमा, परेली त्यो झिम्काउँदै लठै पारी दियौ, भन र...

मनको चाह !

Image
मनको चाह ! जिन्दगीलाई नयाँ मोडमा रंगिन बनाउँदै, हरपल खुसीमा आफुलाई चुर्लुम्म डुबाउँदै, अब तिम्रा यादहरु समेटी यो हिर्दयमा  जिउन चाहन्छु यो सम्बन्धलाई अटुट बनाउँदै । हृदयको कामना मेरो !  तिमी फुल बनेर मगमगाई रहनु , तिमी सहारा बनी मेरो जीवनमा आउनु ! जिउनु त एक्लै छँदैछ अझै कती युग , कहीं कतै कोरियो भने हाम्रो प्रेमको कथा ! त्यही कथा पढेर कहिले काँही रमाउनु !! तिर्सना मनको  तिमीलाई लुकी लुकी हेर्ने बानी बस्यो , नजिक आई तर्की हिंड्ने तिम्रो बानी बस्यो , खै के भयो दुबै तिर यस्तो चालामाला , हाम्रो दुरी बढाउने कस्ले खेल रच्यो ?

"चेतन कार्की,प्रकाश थापा र बि एस थापा आदर्श हुन मेरा लागि ।" प्रकाश सायमी

Image
"चेतन कार्की,प्रकाश थापा र बि एस थापा आदर्श हुन मेरा लागि ।" प्रकाश सायमी ।, सिर्जना संवादमा पाठकिय अन्तर्कृयात्मक कार्यक्रममा बरिष्ठ साहित्यकार प्रकाश सायमी द्वारा लिखित  "काठमाडु सेल्फी" पुस्तक बारे पाठक सँग अन्तर्कृया । भिडियो सहित:-

"प्रकाश सायमी भनेको नेपाली साहित्य संगीतका जिवित इन्साइक्लोपिडिया हो ।" साहित्यकार माया ठकुरी ।

Image
"प्रकाश सायमी भनेको नेपाली साहित्य संगीतका जिवित इन्साइक्लोपिडिया हो ।" साहित्यकार माया ठकुरी । सिर्जना संवादमा पाठकिय अन्तर्कृयात्मक कार्यक्रममा बरिष्ठ साहित्यकार प्रकाश सायमी द्वारा लिखित  "काठमाडु सेल्फी" पुस्तक बारे पाठक सँग अन्तर्कृया । भिडियो सहित:-