" बेदना यो हिर्दयको !"
हरेक पटक पछारिँदा नि उठ्ने कोशीस गरेँ सुखी जीवन खोज्दा खोज्दै सात समुन्द्र नि तरें ! मरुभुमी नै लेख्या रैछ जिन्दगीको अर्थ निराशाले चुलिँदैछ सकिँदै यो समय ब्यर्थ ! आँखा बाट तप्प चुहिए कहिले काँही आँशुहरु बिगत जब ताजा भए गले शरीरका मासुहरु ! पराईको माटोमा कस्ले सुन्छ चित्कार एकदिन दुइदिन भन्दा भन्दै बर्षौ गयो बेकार पिडाहरु सँगालेर हाँसी सबका माझ संघर्षमय जीवनको एक्लो यात्री म आज !!