Posts

Showing posts from November, 2014

" सँगालो ! "

                ( क )   म धरती भै फैलिएछु तिमी जुन तारा, यो हाम्रो प्रेम कथा मौलाई जग सारा ! लाखौं जोडी रमाउन  यही गीत गाई , आउ हराउ म भित्र स्वागत गरें तिमीलाई !!                  ( ख )  तिमी आयौ मुस्कुरायौ, झलमल्ल भो मनको दरबार ! खै के ख्वायौ लठ्यायौ, अलमल्ल भो मन यो बारबार !!

" कामना ! "

आकाशका जुन तारा तिम्रै लागि चम्किउन,  प्रकृतिको सुन्दरताले तिम्रै आँगन भरिदिउन,  चाहेका ती मनका ईच्छा पुरा गराइ सधैं ,  यो खुशी यो शौभाग्य भावीले नै कोरिदिउन !! संसारले जय जय गर्ने कर्मशिल त्यो आँट होस् ,  सगरमाथा झै शिर उठाई सबका सामु ठाँट होस् ,  अघी बढ्दा प्रगतिले हरपल तिम्रा पाउ चुमी , छिन्नभिन्न भै दु:ख सारा बैरी पनि दास होस्  !!  

" टुक्राटाक्री-२ ! "

                      ( क ) प्रभातको किरण सँगै जब सन्देश आयो, धेरै पछी आज यो मन खुशीले रमायो ! ओखती भो मेरो लागि उनको मिठो बोली, स्वागत छ रे प्रेम प्रस्ताव भनिन दिलै खोली ! कसरी म आभारी हुँ ह्रिदयको स्पन्दनलाई, कुन शब्दले ब्यक्त गरुँ जस्ले दियो बास मलाई ! उपवास गर्छु दिन दिनै मिलाउँदैछु कुन्डली, साँचेको छु सारा खुशी समर्पित गरी यो जिन्दगी.....!!                       ( ख ) मेरो प्यारो जीवन साथी बनी दियौ तिमी, मुटुभरी उमङ ल्याइ छाई दियौ तिमी ! कोर्के हेरी मुस्कुरायौ लट्ठै लट्ठै लट्ठै भएँ, ढुकढुकीको बेग बढ्यो त्यसै भित्र खोज्दै रहेँ, खुशीका यी पलहरू बाटुँ आज कहाँ, यो मन उडी जाउँ भन्छ तिमी छौ जहाँ.......!!                    ( ग ) दु:ख पर्दा खुशी दिने ,सुख हुँदा हाँसो, यो धर्तिमा मेरै लागि ईश्वर को नासो ! तिम्रै प्रगाढ प्रेम राखेको थाती, मेरो प्यारो साथी तिमी ,मेरो प्यारो साथी !!                     ( घ ) जति सुन्यो सुनु लाग्ने, उनको मिठो बोली, रिस राग कतै छैन, भन्छिन् दिलै खोली ! ३२ लक्षण युक्त उनि, बर्णन गर्ने म को हुँ, संसार रुपि मन्दिरमा, पुजा

" बिन्ति छ है !! "

आज मनमा धेरै कुरा खेली रा'छ नरिसाउ है,  त्यो मुटुको एक कुनामा बास माग्छु बिन्ति छ है ! जिवनभर साथ दिउँला जिवन साथि बनेर,  पराईको कल्पनामा नरमाउनु बिन्ति छ है ! यो दुरिमा कतै हाम्रो नाता टुटि छुट्यो भने, मेरै गल्ति देखाई दुनियाँ नहसाउनु बिन्ति छ है ! आखिर तिम्रै जीवन साथी  हुने छु म भन्छ्यौ भने, मलाई कहाँ सजाई राख्यौ भनि देउन बिन्ति छ है !!

" बिचलित मन अनि म ......!! "

      ए झरी परी देउ बेसरी म रुझ्न चाहन्छु, यो मन भित्र गुम्सिएका अनेकौ पिडाहरुलाई धुन चाहन्छु , पल पल मलाई तड्पाई मेरो भावना सँग खेलवाड हुन्छ किन ? जती आफ्नो भनेर नजिकिन चाह्न्छु त्यतिनै रसिला बचन बाणले घोची घोची मार्न खोज्छन् किन ? के यो पुर्व जन्म को फल हो या के हो ? त्यसैले चाहना छ यो मनमा सदा सदाको लागि बिश्राम लिन पाउँ.......!      

"मेरो मन तिमीलाई........! "

मेरो मन तिमीलाई........! कतै काहानी भयो कि यो जिन्दगी कतै कागजको पाना भित्र  रह्यो कि यो जिन्दगी संन्सार स्वार्थि भएपनि  भन्छ्यौ तिमी मेरो मनको मीत  एकदिन सुख शैल छाडि जाने  फेरि के को हार अनि के को जीत, त्यसैले, सङ्घर्षका तगाराहरु पन्छाउँदै जानु  कहिले काँहि एकान्तमा यसै गरि टोलाउनु मनको मैलो फालिदिनु छ बिसाउने चौतारी  बिन्ति छ है मेरो हजुर न हिड्नु है भौंतारी......!!      

" मौनतामा लुकेको प्रणय !"

                            "उनी सँग गाँसिएको मेरो जीवन र मौनतामा लुकेको प्रणय  (भाग-२) "                                                 उनलाई पहिलो पल्ट मेरो दिदी को साथमा देखेको थिएँ। त्यस दिन देखी मेरो नजर उनी माथि परी रहेको थियो ! समयले रफ्तार लिदै गयो म पनि उमेर सगै उक्लदै गएँ ।अन्तह: त्यो दिन आयो जहाँ उनको र मेरो भेट सम्बन्धमा गाँसिन पुग्यो । मलाई राम्ररी हेक्का छ त्यस दिन सरस्वती पूजा अर्थात बसन्त पन्च्मी परेको थियो । चारै तिर स्तुती र बाजा गाजाका साथ मेरो मुमाले उनको हात मेरो मेरो हातमा थमाई दिनु भयो ! त्यसदिन देखी जोडीएको नाता जीवनको यो उत्तरार्ध सम्म आई पुग्दा जे जति दु:ख,कस्ट आई परे पनि सदासर्वदा मेरो साथ दिई रहेकि छिन ! अझ उनको स्नेहताले सदैव मलाई प्रेरणा मिलेको छ ।            म मेरा आफन्त देखि सात समुन्द्र पारी यो मरुभुमिमा छु ! यहाँको तातो बालुवामा आफ्ना शरीरका पसिना तरतर चुहाउदै जब बेलुका उनी सामु पुग्छु दिन् भरीको थकान बिर्सिएर उनी सगँ रमाउदै फेरि कल्पनाको सागरमा हराउछु ! यो नाता, उनको साथ अनी मेरो जीवन यात्रा अनन्त अनन्तसम्म रहने छ ! म कामना गर्छु मे

" पिरति ! "

मैले खोज्नु तिम्ले रोज्नु एकै चोटि परेछ, सम्बन्ध यो गाँसिएको पहिलो भेट्नै भएछ ।    खै कसरी भेट्टायौ रे हजारौं को भीड्मा, थाहै नपाई सजायौ रे छाती भित्र दिलमा ।  साथी भाईको कुरै छोडौ न डरायौ समाजको, मलाई राजा बनायौ बनी रानी मनको ।  चाल पाए बौलाउने होलान् कति कति,  झन् झन् गाढा हुदै छ रे हाम्रो माया पिरति !!!!                                      रतन चन्द । 

" नेता ज्यु लाई झटारो ! "

रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस !  देश नयाँ युग तिर गती लियो अरे,   भ्याए सम्म नेताले आफ्नै भुँडी भरे ! चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी,  कुनै दिन पालो आउला हेरौला नि फेरी !!!!                                रतन चन्द ।      

" टुक्रा टाक्री ! "

"संध्याको लाली" हेर्दा हेर्दै तिमी फेरि धरती को काखमा,  निदाउनु मस्त सँग मिठो सपनीमा !! ----------------------------------------- मलाई पाउने उनको यो लाख कोशीस हो रे, नामको पछी दुईटा थर राख्नै पर्ने भो रे , आँखा जुध्यो मन मिल्यो कस्तो संन्जोग हो यो,  ख्याल ख्यालमै गहिरो माया लौन बसी गयो !!  ---------------------------------------------- जता हेर्छु भित्तै भरी तिम्रै मात्र फोटो छ , छिट्टै आउ प्रिया अब जिन्दगी यो छोटो छ,  सत्य हो क्या यो काले बर्षौ बर्ष बाँचेको , प्रगाढ प्रेम,आज सम्म तिम्रै लागि साँचेको !!!!

" नयाँ बर्ष तिमीलाई ...!! "

बिछौनामा आँखा खुल्दा नखुल्दै, बिहानीको उज्यालो सगैँ, आयौ तिमी नयाँ बर्ष, थुप्रै इच्छा र अभिलाषा बोकी, छायौ तिमी नयाँ बर्ष ! खै के के छ तिम्रो साथमा, थाहा छैन मलाई तै पनि स्वागत छ है नयाँ बर्ष तिमीलाई ...!!           रतन चन्द । 

" गीत ! "

कुनै रात तिम्रो तस्बिर हेर्दा हेर्दै बित्यो,  कुनै रात केवल कोल्टे फेर्दा फेर्दै बित्यो ।  ब्यथाहरु मनको कोरी पाना भरी, सम्झ तिमी यतीका दिन रहें कसो गरी,  कुनै रात तिम्रो बाटो कुर्दा कुर्दै बित्यो,  कुनै रात केवल आशुँ पुछ्दापुछ्दै बित्यो ।   एक्लै एक्लै बिछ्यौनामा सिरानीको साथ,  मिलनको रेखा कोरी जगाई मनमा आश, कुनै रात जुन तारा गन्द गन्दै बित्यो,  कुनै रात केवल आशुँ पुछ्दापुछ्दै बित्यो ।                                   रतन चन्द ।  

" हस्ताक्षर ! "

आँधी हुरी सँग पनि लडेकै छु आज,  पसिनाको धारा अनि मरुभुमी माझ ! बल्ल आए जस्तो लाग्यो संघर्षका दिन,  तिरेर न सकिने जिन्दगीका ऋण ! ईतिहास यो बनाउने भो मेरै पिर ब्यथा , खै के लेखुँ अझैं कती आफ्नै जीवन कथा !  जिउन मलाई रहर छैन आज अन्तिम रात हो , बिदा देउ अब मलाई मृत्‍यु पत्रमा हस्ताक्षर भो !                                 रतन चन्द ।       

" कठै मेरी चरी......! "

कठै मेरी चरी......!  रात भरी पानी पर्‍यो, यस्तै हो नि बर्खे झरी,  ओतलाग्ने गुँड पनि, भिज्यो होला घरी घरी !  कठै मेरी चरी......! एक्लै एक्लै पिडा हुन्छ, सम्झदा नि यो मुटुमा, कैले साथ दिन पाउँला, उनको दु:खद घडीमा ! कठै मेरी चरी......! चट्याङ पर्दै आयो होला, कालो बादल गर्जदै, अत्तालिन्छु छट्पटाउछु, संम्झी संम्झी म रुँदै !  कठै मेरी चरी......! चिर्बिर चिर्बिर त्यो गुहार, कस्ले सुन्यो होला,  यही मौका छोपी छोपी, बैरी कती हाँस्या होला ! कठै मेरी चरी......! साहारा म हुन चाहन्छु, सक्छौ भने जुर्याइ देऊ , तिम्रो बसमा छैन भने हे बिधाता मृत्‍यु देऊ !! कठै मेरी चरी......!                                         रतन चन्द ।       

" म आज ! "

एउटा प्रश्न जागी रह्यो कहाँ छु म आज, जिन्दगीको कुन मोड्मा हराए छु म आज ! संघर्षका पाइलाहरु अन्त्य होइन अनन्त  भै ,  हजारौं हजार चोट खाँदै हिड्दै छु म आज ! उनको आगमनमा कठै ! केही पल रमाएथ्ये , त्यही माया साँची उन्लाई खोज्दै छु म आज ! सम्भालिन्न यो मन सधैं जप्छ उनकै नाम, पागल सरि अन्धो प्रेममा भुल्दैछु म आज !! एउटा प्रश्न जागी रह्यो कहाँ छु म आज, जिन्दगीको कुन मोड्मा हराए छु म आज !                                        रतन चन्द  ।

" नारीमन् ! "

म पनि त त्यसै गरि छ्ट्पटाउँ थेँ पहिले,  आफुलाई पर्दा बल्ल थाह पायौ अहिले ! रिसको पोको सङालेर यस्तै गर सधैं, आँखा तरि हेर्छ्यौ अझ बोल्दिन जाउ भन्दै ! धोका दिए अभिस्राप बन्छ भन्छन् यो जीवन, साँच्चै रैछ बुझ्नै गार्हो कोमल नारीमन् !!                                      रतन चन्द ।      

" आशा ! "

क्षितिज पारी गोधुलिको गर्भमा  नयाँ जीवन अंन्कुराउँने छ भबिस्यको सुनौलो बिहानी बोकेर मेरो माया उदाउने छ ! हिर्दय भरी खुशीहरु पलाए उमङले बषन्ती बहार ल्याए    सिन्दुरी रङमा डोली सजाउँदै  केवल  मेरै लागि अवस्य रङिनेछ ।।  

" सम्झना टाढा हुनेको ! "

सपनीमा तिमीलाई, देखें आज सबेरै,  तिम्रो तस्बिर छोएर, रोए अझ  म धेरै ।   सिउँदो भरी सिन्दुर, गला भरी पोते,  सजिएरै पराई भयौ, रोए अझ म धेरै ।    त्यो मुटुमा साँची राखी, तिमी मेरो भन्थ्यौ,  टुट्यो साईनो छुट्यो साथ, रोए अझ म धेरै ।  फुल सरी सुम्पिएथ्ये, बिझाउँने काँडा भन्यौ,  निसास्सियो प्राण मेरो, रोएँ अझ म धेरै  । थाहै नपाई जिउँदै मार्यौ , माया भयो बैरी ,  छट्पटाउँदै ढली रहेँ, रोएँ अझ म धेरै ।।                                       रतन चन्द ।

" गीत !"

कहाँ सक्छु जान टाढा तिमी देखी ओझेल परी,  तड्पिदैं छु एक्लै यहाँ नसताउन सधैंभरी ।    हेरे नजर जुधि हाल्छ बोले बात भन्छ्यौ,  बैगुनी भो मन पनि सहन्छु म जे कहन्छ्यौ,  जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,   तड्पिदैं छु एक्लै यहाँ नसताउन सधैंभरी ।     छट्पटाउँछु कहिले काही बैराग्यले भेटे, मन सागर भै उर्ली आउने किनारमा देखे, जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,   तड्पिदैंछु एक्लै यहाँ नसताउन सधैंभरी ।   मेरो माया तिमी नै हौ राख दिलमा साँची,  सुम्पीदै छु सारा खुशी देउरालीलाई भाकी, जहाँ जाउँ त्यहीं देख्छु त्यही मुहार घरीघरी,   तड्पिदैंछु एक्लै यहाँ नसताउन सधैंभरी ।                                              रतन चन्द ।                       

" इच्छा ! "

म आगोको रापमा  धप धप बली रहें, पसिनाको महासागरमा  चुर्लुम्म डुबें, छट्पटाएको मेरो आत्मा  कहीं कतैबाट  सान्त्वना पाउन ब्याकुल छ , सताब्दियौ देखी बंन्जर मरुभुमिमा  नयाँ पालुवा पलाउन  आतुर छ.....!!

" उपहार ! "

बिहानीको पहिलो किरण, नयाँ जीवन ल्याऊ, फुलहरु मुस्कुराई , सुगन्ध यही फैल्याऊ ! ऋतु पनि बषन्त कै, आगमन होस् बोलाउँदा, आह!प्रकृति नै रम्न थाल्यो, तिम्रो शुभ दिन मनाउँदा ! सुन्दर त्यो मुहार देखी , झलमल्ल भो जग सारा, दिर्घायुको कामना गर्छन् , चम्की चम्की जुन तारा ! आउ बढाउ पाईलाहरु , समय तिम्रो पर्खाईमा, मंगल् धुन गुन्जँदै छ है , उपहार बोकी यो धर्तिमा !!

" प्रेम ! "

छ कोही त्यो यो दिलमा बस्या,  मिठो अनुभुती र  नौलोपन रच्या , उनकै वरीपरी हुन्छु अचेल , देव देवालय घुम्छु अचेल , भक्त हुँ या भक्ती जाग्यो, सर्वस्व सुम्पी जिउन मन लाग्यो !        यस धर्तिका हामी नर नारी , समयको गति सँग चलाई सवारी , प्रेम नै पुजा मन यो तपोवन , प्रेम नै शक्ति प्रेम नै जीवन  ! हेर्दा हेर्दै धपक्क बलेसी , मन मस्तिस्कलाई त्यतै लगेसी,  अमृतपान गरें जब मधुर बोलीको,  झलमल्ल भो मुहार मेरो यो !!

" तिर्सना ! "

धेरै दिन भयो हजुर, कुरा गर्न पा'को छैन, जती कल गरे पनि, सिग्नल भने ला'को हैन ! चंन्चल नयन डुलाउदै, भेटायौ कि कोही , राम्री थियौ राम्री छौ, सोची रहेँ त्यही ! लोड्सेडिङले गर्नु गर्‍यो, पापी भयो मन , अझै कोसिस जारी छ, प्लिज चिन्ता नमान !!

" तीन टुक्रा !"

              ( १ ) आज अचानक खै के भो यो , जीवनभरको साथ थियो , मेरो मुटु किन यति कमजोर भो,  जस्मा तिम्रो बास् थियो ।।                                  ( २ ) धेरै पोखियो गीत गजलमा गुनासो र बेदना  मेरो माया कती छ सत्य सत्य लौ भन ? सक्दिन म यो दुरी अब मलिन मुहारको  खाली सिउँदो रङाउने छु छिट्टै मेरी हजुरको..!!                       ( ३ )   मलाई पाउने उनको यो लाख कोशीस हो रे नामको पछी दुईटा थर राख्नै पर्ने भो रे  आँखा जुध्यो मन मिल्यो कस्तो संन्जोग हो यो  ख्याल ख्यालमै गहिरो माया लौन बसी गयो !!

"स्‍मृतिमा तिमी..........!"

               ऋतु सँगै तिम्रो पनि मन परिवर्तन भएछ कि क्या हो हिजो आज तिम्रो केही खबर नै आउनदैन ! जाने बेलामा म सँग अनेकौ बाचा गर्यौ नाना थरिका कसम खायौ आज महिनौ बिती सक्दा पनि तिम्रो कुनै खबर नपाउँदा मलाई तिमी प्रति कता कता शंकालु हुन वाध्य बनाएको छ ! म बिर्सुं पनि कसरी मेरो हिर्दयको कण कणमा तिमी जो बसेकी छौ ! त्यती मात्र कहाँ हो र तिमीले अतितमा स्नेह पूर्ण भाव ब्यक्त गर्दै मेरो हरेक सफलतालाई होस्टेमा हैसे गरी मेरो प्रेरणाको श्रोत बनी मलाई सधैं उर्जा दियौ आज मलाई तिमो अभाव खट्किएकोछ, तिम्रो आवश्यकता महसुस गरिरहेको छु यो परदेशमा ! सुन्दै छु, बर्षौ पहिले हामी रमाउने त्यो चिहानघाट नजिकैको बगैँचामा अचेल तिमी एक्लै टोलाउँछेउ रे,कहिले एक्लै बड्बडाउँछेउ रे ! परिस्थितीले म सँगै हुन नपाए पनि हामी बिच मौलाएको यो पिरतिको पालुवालाई सकेसम्म जलमल दिएर सम्भाली राख्ने छु केवल तिम्रो यादमा र तिम्रो आगमनको पर्खाइमा !!!