राष्ट्रपतिका दुई उम्मेदवारको जीवनी र राजनीतिक यात्रा यस्तो छ ।

राष्ट्रपतिका दुई उम्मेदवारको जीवनी र राजनीतिक यात्रा यस्तो छ ।

बिध्या  भण्डारी,
भण्डारीको जन्म वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भएको हो । उहाँको बुबाको नाम रामबहादुर पाण्डे र आमाको नाम मिथिला पाण्डे हो । २०३५/०३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुनुभयो ।
२०३९ सालमा मदन भण्डारीसँग उहाँको विवाह भयो । २०५० सालमा मदन भण्डारीको निधन भएपछि उहाँ सक्रिय राजनीतिमा देखिन थाल्नुभएको हो । २०५० माघमा भएको उपनिर्वाचनमा उहाँ काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभयो । २०५१ सालमा भएको मध्यावधि निर्वाचन तथा २०५६ सालमा भएको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट समेत निर्वाचित हुनुभयो । यहाँ यसअघि रक्षामन्त्री समेत भैसक्नुभएको छ । २०५४ सालदेखि उहाँ अखिल नेपाल महिला  संघको अध्यक्षका रूपमा रहनुभयो । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएकी भण्डारी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष बन्नुभएको हो ।
जन्म : २०१८ साल असार ५ ।
जन्मस्थान : भोजपुर जिल्ला, मानेभञ्ज्याङ गाविस ।
पिता : स्व.रामबहादुर पाण्डे ।
माता : मिथिला पाण्डे ।
बाल्यकाल—शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
माद्यमिक शिक्षा : बिद्योदय व्यवसायिक सेकेन्डरी स्कुल ।
कलेज : भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उतिर्ण ।
महेन्द्र मोरड कलेज विराटनगरमा बि.ए.अध्ययन ।
विवाह : तत्कालिन नेकपा (माले) का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा बिबाह ।
छोरीहरु : उषाकिरण भण्डारी (२०४१ मा जन्म) र निशाकुशुम भण्डारी (२०४४ मा जन्म) ।

राजनीतिक यात्रा -
भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित ।
२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी ।
२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त ।
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य ।
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा निर्वाचित ।
२०४६ मा कीर्तिपुरमाभएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधी ।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख ।
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा निर्वाचित, हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष ।
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित ।
२०५१ म काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित ।
२०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री ।
२०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित ।
२०६७ बाट २०६९ सम्म रक्षामन्त्री ।
                         
भ्रमण :
भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली ।


 कुलबहादुर गुरुङ

नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका कुलबहादुर गुरुङ शालिन राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेका उहाँ लाभको पदमा कमै बसे पनि २००७ सालदेखि अहिलेसम्मै राजनीतिको केन्द्रबिन्दुमा छाइरहनुभएको छ ।
मध्यमवर्गीय परिवारमा जन्मिएका उहाँ नातावाद, कृपावाद नरुचाउने र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा जिल्लामा परिचित हुनुहुन्छ । इलाम नगरपालिका–२ स्थित पुख्र्यौली घरमा विक्रम संवत १९९२ मंसिरमा जन्मिएका गुरुङ इलामको राजनीतिक वृत्तमा 'केबी सर'का नामले परिचित हुनुहुन्छ । उहाँ जन्मिएको पुख्र्यौली घर चियावारीमाझको डाँडामा अझै सुरक्षित छ, जहाँ उहाँका भाइको परिवार बस्दै आएको छ । त्यही घरबाट विद्यार्थी राजनीति सुरु गरेका गुरुङ तीनपल्ट मन्त्री भैसक्नुभएको छ ।
संविधानसभामा अध्यक्षको विधिवत निर्वाचन हुनु अघिसम्म ज्येष्ठ सदस्यको रूपमा कार्यभार सम्हालेका गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय हुनुभयो । शुरुदेखि नै कांग्रेसमा आबद्ध गुरुङ झण्डै सात दशक लामो राजनैतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै राष्ट्रपतिको उम्मेद्वारी दिन पुग्नुभएको हो ।
विभिन्न समयमा गरी  तीन वर्ष जेल जीवन बिताएका गुरुङले निर्वासित जीवन बिताएको इतिहास छ । यस क्रममा २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कंदा उहाँ पनि त्रिभुवन विमानस्थलमा पक्राउ पर्नुभएको थियो ।
इलामकै आदर्श उच्चमावि (हाइस्कुल) बाट एसएलसी उत्तीर्ण भएपछि दार्जिलिङको सरकारी कलेजबाट आइएस्सी उत्तीर्ण गुरुङले पछि काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन पूरा गर्नुभयो । त्यसअघि गुरुङले आदर्श हाइस्कुलमा नै उप–प्राध्यापकको रुपमा झण्डै एक दशक अध्यापन गर्नुभएको थियो ।
संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्वाङ, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल समेतलाई उहाँले पढाउनुभएकाे थियाे ।
काँग्रेसबाट समानुपातिक सभासद रहेका गुरुङ २०५१ सालको मध्यावधि निर्वाचनमा इलाम–२ बाट संसदमा निर्वाचित हुनुभएकाे थियाे । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उहाँ इलाम–३ बाट निर्वाचित हुनुभयाे । उहाँ २०४८ र २०५६ मा पनि संसदीय निर्वाचनमा सहभागी हुनुभयाे । हाल काठमाडौं बसोबास गर्ने गुरुङको परिवारमा श्रीमती रत्न, दुई छोरी रोशनी र प्रविणा तथा एक छोरा कौस्तुभ छन् ।

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"