" ऋणै ऋणले बाटो पाइन घर जाने कहिले ! " (भिडियो)
काठमाडौं, १५ असोज २०७२
नेपालीहरुको महानपर्व वडा दशैँ, तिहार नजिकिँदै गर्दा यति बेला दशैमा घर आउन नपाएको देखी तिहारमा दिदी बहिनीको हातको टिका लगाउन नपाएका वियोगान्त गीतहरु अहिले नेपाली बजारमा आउन सुरु भइसकेका छन् ।
यसै क्रममा श्याम साम्सोङ राईको आवाजमा रहेको ‘ऋणै ऋणले बाटो पाइन घर जाने कहिले’ बोलको गित बाहिर आएको छ । भिडियोले ऋणका कारण परदेशीको यूवाको कथा बोलको छ । भिडियोलाई अर्जुन बि.सीले निर्देशन गरेका हुन् भने मदन, गोविन्द, मानव र सपनाले अभिनय गरेका छन् ।
रतन चन्दको छायांकन र सम्पादन रहेको भिडियोले परदेशीन बाध्य यूवाहरुको कथा बोकेको निर्देशक बि.सीले जानकारी दिए । गीतमा शब्द तथा संगीत रतन चन्दको रहेको छ । भिडियोलाई एस ए भिजन कम्पनीले निर्माण गरेको हो ।
Comments
Post a Comment