Posts

Showing posts from October, 2015

सुदूरपश्चिममा भारतले २ लाख ५६ हजार लिटर डिजेल पठायो ।

Image
१४ कार्तिक , धनगढी । भारतबाट गौरीफन्टा नाका हुँदै शनिबार धनगढी १४ वटा तेलका टयाङ्कर भित्रिएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार शनिबार २ लाख ५६ हजार लिटर डिजेल धनगढी आइपुगेको छ।

Dynamic International Airways fire.

Image
18 Oct 2015. ABC News has obtained video of yesterday's Dynamic International Airways fire at Fort-Lauderdale-Hollywood International Airport. What we find notable, as compared to other recent emergency evacuations, is the lack of cabin baggage being removed by the passengers.

नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी ।

Image
१४ कात्तिक, काठमाडौ  ।  नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी भएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एमाओवादीका नेता पुनले कुल खसेको मतको ३२५ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी  कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन्।

रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्प गयो ।

Image
काठमाडौं, कात्तिक १४ –  रसुवा केन्द्रविन्दु भएर पराकम्प गएको छ । शनिबार बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेलहिया नाका हुँदैं इन्धन भित्रिए ।

Image
                                                                                    रुपन्देही,  १४  कात्तिक   । रुपन्देहीको बेलहिया नाका हुँदैं इन्धन बोकेका ५४ वटा गाडी नेपाल भित्रिएका छन् ।  भन्सार कार्यालयले जनाए अनुसार  बेलहिया नाकाबाट शुक्रबार राति डिजेल बोकेका ३१ वटा, पेट्रोल बोकेका ६ वटा तथा मट्टितेल बोकेको एउटा ट्यांकर नेपाल भित्रिएका छन ।  यस्तै १८ वटा एलपी ग्यास बुलेट र अरु सामान बोकेका ३  सय ६ वटा गाडी पनि नेपाल भित्रिएका छन् ।

ब्यवसथापिका संसदबाट अाज नयाँ उपराष्ट्रपति चुनिंदै ।

Image
१४ काठमाडौंं । नयाँ संविधान जारी भएपछि आज देशले नयाँ उपराष्ट्रपति पाउन लागेको छ। दिउँसो व्यवस्थापिका संसद भवनमा हुने उपराष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका समानुपातिक सभासद  सिरहाका अमियकुमार यादव र एकीकृत माओवादीका पूर्व लडाकु कमान्डर नन्दकिशोर पुन प्रतिष्पर्धामा छन् ।

नाकावन्दी बिरुद्ध सर्वोच्च अदालतले दियो यस्तो आदेश ।

Image
२०७२  कार्तिक  १३  मुद्दा सुरक्षा परिषद्‍मा लैजान माग गर्दै सर्वोच्च अदालतले भारतले एकतर्फी रुपमा लगाएको नाकावन्दी खोल्न अबलम्बन गरिएका उपायको विवरणसहित दस दिनभित्र अदालतमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ। नाकावन्दी खोल्न ठोस् पहल नभएका कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै सरकारलाई दबाब दिन दायर रिटमा शुक्रबार उक्त आदेश भएको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नेपाल भारतविचको नाकामा इन्धनलगायत दैनिक उपभोग्य बस्तुको आपूर्तिमा भएको अवरोध हटाउन गरिएका उपायसहित लिखित जवाफ लिएर सर्वोच्चमा उपस्थित हुन भनेको छ। मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, परराष्ट्र मन्त्रालय, गृह, बाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल आयल निगमलाई दश दिनभित्र छलफलमा उपस्थित हुन आदेश दिइएको छ । नेपाल र भारत संयुक्त राष्ट्र संघ र विश्वव्यापार संगठनका सदस्य रहे पनि भारत संघको वडापत्र एवं सन्धी सम्झौताको पालनामा च्युत भएका कारण नेपाली जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको दाबीसहित संवैधानिक कानुनव्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली र उपभोक्ता हि

राष्ट्रपतिका दुई उम्मेदवारको जीवनी र राजनीतिक यात्रा यस्तो छ ।

Image
राष्ट्रपतिका दुई उम्मेदवारको जीवनी र राजनीतिक यात्रा यस्तो छ । बिध्या  भण्डारी, भण्डारीको जन्म वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भएको हो । उहाँको बुबाको नाम रामबहादुर पाण्डे र आमाको नाम मिथिला पाण्डे हो । २०३५/०३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुनुभयो । २०३९ सालमा मदन भण्डारीसँग उहाँको विवाह भयो । २०५० सालमा मदन भण्डारीको निधन भएपछि उहाँ सक्रिय राजनीतिमा देखिन थाल्नुभएको हो । २०५० माघमा भएको उपनिर्वाचनमा उहाँ काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नुभयो । २०५१ सालमा भएको मध्यावधि निर्वाचन तथा २०५६ सालमा भएको तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट समेत निर्वाचित हुनुभयो । यहाँ यसअघि रक्षामन्त्री समेत भैसक्नुभएको छ । २०५४ सालदेखि उहाँ अखिल नेपाल महिला  संघको अध्यक्षका रूपमा रहनुभयो । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएकी भण्डारी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष बन्नुभएको हो । जन्म : २०१८ साल असार ५ । जन्मस्थान : भोजपुर ज

अफगानिस्तानमा शक्तिशाली भूकम्प ।

Image
कात्तिक ९ - अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा पर्छ । जुन पाकिस्तानको सीमा नजिकै हो । भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालमा समेत महसुस भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । भारतको राजधानी नयाँ दिल्लीमा मेट्रो रेल रोकिएको छ भने जम्मु कश्मिरमा टेलिफोनले काम गर्न छाडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ने.क.पा. स्थायी समितिको बैठक ।

ने.क.पा. स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी ।

Rabindra Mishra

Image

आज काल को जमाना यस्तै हो नयाँ चलन ।

लोग्ने स्वदेश मै बसेर नकमाउने श्वास्नी जुवा तासमा रमाउने ।  साथी भाई झन उस्तै भेटिने,रक्सी खान पाईन्छ कि भनेर मुख ताकी बस्ने ।।  

भारतको दृष्टि मधेशमा होइन नेपालको पानीमा ।

Image
             (१) संसारका शक्तिशाली मुलुकहरुले गर्ने व्यवहार भारतले नेपाललाई गर्ने गर्दछ । उसका अरु छिमेकीहरुसंग जे–जस्तो सम्बन्ध छ, त्यसै अनुरुपको व्यवहार नेपाललाई पनि गर्दछ भन्ने कुरा आम नेपालीले बुझ्नु जरुरी छ । हाम्रो अतिनै घनिष्ठ सम्बन्ध छ भन्नु राजनीति मात्र हो । (२) हिमालयको दक्षिणी काखको सम्पूर्ण भूभाग भारत बन्नुपर्छ र त्यहाको सम्पूर्ण साधन र श्रोतको उपयोग हामीले गर्न पाउनुपर्छ भन्ने चाणक्य नीतिका अनुयायीहरु एकातिर र कमजोर पाठ्यक्रम र फितलो अध्ययनबाट तयार भै नेपालको निजामती सेवाको स्वदेश र विदेशनीतिको बागडोर सम्हालेको नेतृत्वले तयार गर्ने सम्झौतापत्र र त्यो भन्दा पनि कमजोर पृष्ठभूमि भएको हाम्रो राजनैतिक नेतृत्वको बीच भएका सन्धि सम्झौताहरुमा हामी सधै ठगिँदै आएकाछौ । यो कुराले आमनेपालीको मन भत्भती पोलिरहेको छ र पोलिरहने छ । यो कटु सत्य हो यसमा कसैले चित्त दुखाउनु पर्दैन । चित्त त ति मानिसहरुले दुखाउनु पर्छ जसले नेपालको हितमा काम गर्न सकेनन् वा गरेनन् । (३) सुगौली, १९५०, कोशी, गण्डक, पन्चेस्वोर (टनकपुर) लगायतका नेपाल भारतबीचका सन्धि–सम्झौताहरुमा लेखिएका बुदाहरुका भावना बुझ्

आज टिकाको साइत १० बजेर ५५ मिनेटमा ।

Image
०५ कार्तिक , काठमान्डौं । आज टिकाको साइत १० बजेर ५५ मिनेटमा ।  टिका लगाउँदा पढिने मत्रोच्चारण ।  आयु द्रोण सुते , श्री यंच दशरथे ,  शत्रु क्षयम राघवे , एेश्वर्य नहुषे ,  गतिस्च पवने , मानम च दुर्योधन ,  दानम सुर्य सुते बलम हलधरे ,  सत्यम च कुन्ती सुते , बिज्ञाने बिदुरे भवती भवताम किर्तीस्च नारायणे । 

chetan karki rare video

Image

यात्रु वहाक बस दुर्घटना हुँदा ८ जना को मृत्‍यु ।

Image
४ कार्तिक बाँके ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुस्मा गाविस-८ चपरगौरीमा लु १ ख ५८२८ नम्बरको  यात्रुवाहक बस   हिजो मंगलवार दुर्घटनामा परी आगलागी हुँदा ८ जना यात्रुको जलेर मृत्यु भएको छ ।  अस्थायी प्रहरी चौकी कुसुम बाँकेले दिएको जानकारी अनुसार उक्त घटनामा २ बालक सहित ८ जनाको मृत्यु भएको बताएको  छ। बाँकी  शव पूर्ण रुपमा जलेकाले पहिचान गर्न सकिएको छैन  र   बसमा करिब ३३ जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ ।  बसमा रहेका एक यात्रु कविराज खनालले घटनालगत्तै खिचेको भिडियो यस्तो छ  । 

नेपालीहरुको दैनिक लाखौं रकम बाहिरिदै ।

Image
१  कार्तिक,  नेपालगन्ज    । नेपाल भारत सिमा खोले लगत्तै जमुनाह नेपालगन्ज नाकाबाट नेपालीहरुको दैनिक करोडौं रकम बाहिरिएको छ । दशैं लाई लक्षित गरी आन्दोलनरत बन्दकर्ताले बन्द खुला गरे यता भारतको रुपैडिया बजारमा किनमेल गर्न आउने  नेपालीहरुको  घुइचो निकै लागेको छ । स्थानिय ब्यापारीका अनुसार दैनिक लाखौंको ब्यापार हुने गरेको छ । यसै गरी नेपालगन्ज र कोहलपुर बजारमा भने ब्यापार सामान्य रहेको देखिन्छ । सोही क्रममा  भारतबाट केही ग्यास पेट्रोल लगायत अन्य मालवाहक ट्रकहरु पनि भित्रिएका छन । हेर्नुहोस् भिडियो ।  

नेपाल मै छ मनग्य आम्दानी फेरी किन बिदेश ?

Image
१  कार्तिक,  काठमाडौंं ।  दैनिक हजारौं नेपाली बिदेशीने क्रम जारी छ । नेपाल मै मनग्य आम्दानी गरेर आफ्नो परिवार पाल्ने यी नेपाली को कथा बेग्लै छ । दैनिक ज्याला मजदुरी गरी स्वदेश मै महिना को न्युनतम ३० हजार आम्दानी गर्छन् । जसको कमाइ बाट ७ सन्तान हुर्काइ रहेका छन ।  हेर्नुहोस् भिडियो । 

दशैं को हार्दिक मंगलमय शुभकामना ।

आँगनमा दशैं आयो तर मन खुशी छैन । भुकम्पको धक्काले बर्ष दिन नकाट्दै परजिवि हुनुको यो बज्रपात सहने शक्ती गुमेको अवस्था । र पनि बाँच्नेलाई यो खर्चालु समयमा नियन्त्रित भई खर्च गर्ने बानी बसालोस , दशैंको हार्दिक मंगलमय शुभकामना ।

नयाँ प्रधानमन्त्री ।

नयाँ प्रधानमन्त्री सगैँ पानी बर्षनु पनि संयोग नै होला दु:खका आँशु हुन या हर्षका ? मोदी जी को टेलीफोन बार्ता रे अझ । नागरिक लाई कती झुक्याउन सकेको । सुसिल दा लाई शेर बहादुर र राम चन्द्र जी आफ्नो राजनीति सगैँ उनको पनि संसदिय राजनीतिमा धरासायी बनाई दिए । हेरु अब काँग्रेसको केन्दिय चुनावमा के सुसिल दा लाई नै सभापति मै मनोनित गर्लान यी बरिष्ठ नेका का नेताहरुले अब त्यो दिन नि हेर्न बाँकी छ । नेकपा एमालेका अध्यक्ष के. पि. वली प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई ।

" भ्रस्टाचार निर्मुल पार्न पुन:जागे अभियानकर्ता । "

०७२ असोज २२ काठमान्डौं ।    बिगत लामो समय देखी भ्रस्टाचारको बिरुद्दमा आवाज उठाउँदै आउनु भएकी एक जुझारु नारी "शारदा" ( भ्रस्टाचार बिरोधी अभियानकर्ता ) को सयोजकत्वमा ११ सदस्यीय अभियानकर्ताको गठन गरियो ।      भ्रस्टाचारले मुलुक जकडिएको छ यस्लाई निर्मुल पार्न नसके पनि नियन्त्रण र न्युनीकरण गर्न सकिन्छ । आज समाज र आम नागरिकको यसै बिषयमा दैनिक जसो बहस हुने गर्छ चाहे त्यो गाउँका सार्वजनिक स्थान होस या शहर, यही बिषयलाई मध्यनजर गर्दै  उक्त भेलाले सँगठन निर्माण र निती निर्माण गरी बिभिन्न अन्तरक्रिया सम्बन्धी वहस चलाउने निर्णय गरी, भ्रस्टाचार बिरोधी अभियानका लागि सहयोग, साथ, समर्थन र अन्तक्रिया  गर्न चाहने इच्छुक ब्यक्ती,समुह तथा संघ,संस्थाहरुले सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।

" भ्रस्टाचार बिरोधी अभियान !"

समाजमा नागरिकलाई जागरुक बनाई भ्रस्टाचार न्यूनीकरण तथा नियन्त्रण गर्न र कुनै पनि नाफा मुलक संघ संस्था, राजनिति दल तथा व्यवसायीको लागि नभै भ्रष्टाचार विराेधी अभियानलाइ विभिन्न तह र तप्का सम्म पुर्याउनका लागी, यही २०७२ असोज २२ गतेका दिन काठमाण्डाैको अनामनगरमा, शारदा भुसाल (भ्रस्टाचार बिरोधी अभियान कर्ता )ज्यू को संयोजकत्वमा ११ सदस्यीय परिचालन कमिटी गठन गरियो । उक्त भेलाले सँगठन निर्माण र निती निर्माण गरी बिभिन्न अन्तरकृया सम्बन्धी वहस चलाउने निर्णय गरियो । भ्रस्टाचार बिरोधी कृयाकलापकाे अन्त्य गर्न र अन्तक्रिया कार्यक्रम गर्न इच्छुक ब्यक्ती,समुह तथा संघ,संस्थाहरुले सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।  सम्पर्क तथा ईमेल-  शारदा भुसाल ( संयोजक ), mob.- 9854030820, email- bsharada320@gmail.com  अधिवक्ता -अमृत शर्मा,mob.- 9851212946, email - lawyeramrit@gmail.com ,  अधिवक्ता सुदर्शन जोशी,mob-9856045044  email-sjoshi43@yahoo.com  रतन चन्द (भ्रस्टाचार बिरोधी अभियान कर्ता ),mob. - 9860975774. email -archand13@gmail.com,

" ऋणै ऋणले बाटो पाइन घर जाने कहिले ! " (भिडियो)

Image
  काठमाडौं,  १५  असोज  २०७२        नेपालीहरुको महानपर्व वडा दशैँ, तिहार नजिकिँदै गर्दा यति बेला दशैमा घर आउन नपाएको देखी तिहारमा दिदी बहिनीको हातको टिका लगाउन नपाएका वियोगान्त गीतहरु अहिले नेपाली बजारमा आउन सुरु भइसकेका छन् । यसै क्रममा श्याम साम्सोङ राईको आवाजमा रहेको ‘ऋणै ऋणले बाटो पाइन घर जाने कहिले’ बोलको गित  बाहिर आएको छ ।  भिडियोले  ऋणका कारण परदेशीको यूवाको कथा बोलको छ । भिडियोलाई अर्जुन बि.सीले निर्देशन गरेका हुन् भने मदन, गोविन्द, मानव र सपनाले अभिनय गरेका छन् ।  रतन चन्दको  छायांकन र सम्पादन रहेको भिडियोले परदेशीन बाध्य यूवाहरुको कथा बोकेको निर्देशक बि.सीले जानकारी दिए । गीतमा शब्द तथा संगीत रतन चन्दको रहेको छ । भिडियोलाई एस ए भिजन  कम्पनीले निर्माण गरेको हो ।

" युवा जोश र जाँगर बोकी देश बनाउँ ! "

परी आयो देशको लागि बली चढाउँ , युवा जोश र जाँगर बोकी देश बनाउँ ! श्रम सिप जीवन परदेशको भुमिमा , बैरी आँखा लाग्यो बरै आफ्नै घरधुरिमा ! सबै उस्तै कहाँ हुन्छन बुझौं चिनौं समय यो , स्वाभिमान जोगाउन जागौं उठौं अबेर भो !  पुर्खा कै ईतिहास दोहोर्याउन पाउँ , आफ्नै पाखुरीको बलले मिली देश बनाउँ ! परी आयो देशको लागि बली चढाउँ , युवा जोश र जाँगर बोकी देश बनाउँ !!