Posts

" अजम्बरी !"

जुन तारा देखिए झैं हेर्न पाए हुन्थ्यो  मनको गाँठो फुकाएर बोल्न पाए हुन्थ्यो , यत्रत्यत्र छरिएका सम्झनाका कोसेली सँगै, अजम्बरी नाता गाँसी जिउन पाए हुन्थ्यो  !!

" उचाली झन्डा राष्ट्रको ! "

कर्मभुमी जहाँ भएनी तनमन हो नेपालीको, फहराई रहन्छु विश्वभरी उचाली झन्डा राष्ट्रको ! स्वाभिमान जोगाउन डराउँदिन रति पनि, मेरो नेपाल सजाउँछु बनाइ स्वर्गसरि यो !!

" चाहना ! "

तिमी लाई यसै गरी हेर्न पाए हुन्थ्यो, ढुकुरका जोडी झैं उड्न पाए हुन्थ्यो ! जिवन भरि माया सगैं साथ दिंदा मैले , पिरतिको नौलो गाथा कोर्न पाए हुन्थ्यो !!

" यादमा ! "

मेरा पछी तिम्रा आँशु पुछिदिने हजार होला, म न रहे नि यो दुनियाँमा खुशी दिने हजार होला, परिस्थी एस्तो आउला कुनै दिन त याद आउला, त्यही यादमा छ्टपटिंदा भुल सम्झी पछुताउला !!

" कस्तो लीला रच्यो ।"

रुँदा रुँदा आँशु नि सकियो, कमाएको धर्ती मै भासियो, प्रगती  गर्भमा तुहियो, दैवले नि छल गरेर कस्तो लीला रच्यो , बरै कस्तो लीला रच्यो !!

" सुन्दर शान्त देश बनाऊँ !"

परिआए देशको लागी बली चढाऊँ, युवा जोश र जाँगर बोकी अब देश बनाऊँ, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।। डाँडा पाखा भिरहरुमा लालीगुराँस फेरी फुल फुलाऊँ, तराईका गरागरामा सुन सरी फेरी बाला झुलाऊँ, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।। हातरिनु हुन्न रत्ती बिपत्ती नै आई परे, दु:ख पछी सुख आउला भन्छन सधैं आश गरे, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।।

" मेरो देश रोई रहयो ! "

मेरो देश रोई रहयो,  म पनि त रोएँ सात समुन्द्र पारिमा ! बास छैन गास खोस्यो, फर्किन नि पाइएन एस्तो बिपत्तिमा !!