यो ओठमा मुस्कान भर्ने तिमी नै हौ प्रिया,
यो मुटुमा बास बस्ने तिमी नै हौ प्रिया !
खुशीहरु वर सरे आगमन यो बषन्तको ,
त्यही सपना सजाइदिने तिमी नै हौ प्रिया !!
रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस ! देश नयाँ युग तिर गती लियो अरे, भ्याए सम्म नेताले आफ्नै भुँडी भरे ! चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी, कुनै दिन पालो आउला हेरौला नि फेरी !!!! रतन चन्द ।
Comments
Post a Comment