कर्मभुमी जहाँ भएनी तनमन हो नेपालीको,
फहराई रहन्छु विश्वभरी उचाली झन्डा राष्ट्रको !
स्वाभिमान जोगाउन डराउँदिन रति पनि,
मेरो नेपाल सजाउँछु बनाइ स्वर्गसरि यो !!
रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस ! देश नयाँ युग तिर गती लियो अरे, भ्याए सम्म नेताले आफ्नै भुँडी भरे ! चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी, कुनै दिन पालो आउला हेरौला नि फेरी !!!! रतन चन्द ।
काठमाण्डौ १२ फागुन । श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो । बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो । बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ । सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ । सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थिय...
Comments
Post a Comment