" सुन्दर शान्त देश बनाऊँ !"

परिआए देशको लागी बली चढाऊँ,
युवा जोश र जाँगर बोकी अब देश बनाऊँ,
आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ,
हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।।

डाँडा पाखा भिरहरुमा लालीगुराँस फेरी फुल फुलाऊँ,
तराईका गरागरामा सुन सरी फेरी बाला झुलाऊँ,
आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ,
हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।।

हातरिनु हुन्न रत्ती बिपत्ती नै आई परे,
दु:ख पछी सुख आउला भन्छन सधैं आश गरे,
आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ,
हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।।

Comments

Popular posts from this blog

" युवा जोश र जाँगर बोकी देश बनाउँ ! "

" म आज ! "