Posts

" सँगालो ! "

                ( क )   म धरती भै फैलिएछु तिमी जुन तारा, यो हाम्रो प्रेम कथा मौलाई जग सारा ! लाखौं जोडी रमाउन  यही गीत गाई , आउ हराउ म भित्र स्वागत गरें तिमीलाई !!                  ( ख )  तिमी आयौ मुस्कुरायौ, झलमल्ल भो मनको दरबार ! खै के ख्वायौ लठ्यायौ, अलमल्ल भो मन यो बारबार !!

" कामना ! "

आकाशका जुन तारा तिम्रै लागि चम्किउन,  प्रकृतिको सुन्दरताले तिम्रै आँगन भरिदिउन,  चाहेका ती मनका ईच्छा पुरा गराइ सधैं ,  यो खुशी यो शौभाग्य भावीले नै कोरिदिउन !! संसारले जय जय गर्ने कर्मशिल त्यो आँट होस् ,  सगरमाथा झै शिर उठाई सबका सामु ठाँट होस् ,  अघी बढ्दा प्रगतिले हरपल तिम्रा पाउ चुमी , छिन्नभिन्न भै दु:ख सारा बैरी पनि दास होस्  !!  

" टुक्राटाक्री-२ ! "

                      ( क ) प्रभातको किरण सँगै जब सन्देश आयो, धेरै पछी आज यो मन खुशीले रमायो ! ओखती भो मेरो लागि उनको मिठो बोली, स्वागत छ रे प्रेम प्रस्ताव भनिन दिलै खोली ! कसरी म आभारी हुँ ह्रिदयको स्पन्दनलाई, कुन शब्दले ब्यक्त गरुँ जस्ले दियो बास मलाई ! उपवास गर्छु दिन दिनै मिलाउँदैछु कुन्डली, साँचेको छु सारा खुशी समर्पित गरी यो जिन्दगी.....!!                       ( ख ) मेरो प्यारो जीवन साथी बनी दियौ तिमी, मुटुभरी उमङ ल्याइ छाई दियौ तिमी ! कोर्के हेरी मुस्कुरायौ लट्ठै लट्ठै लट्ठै भएँ, ढुकढुकीको बेग बढ्यो त्यसै भित्र खोज्दै रहेँ, खुशीका यी पलहरू बाटुँ आज कहाँ, यो मन उडी जाउँ भन्छ तिमी छौ जहाँ.......!!                    ( ग ) दु:ख पर्दा खुशी दिने ,सुख हुँदा हाँसो, यो धर्तिमा मेरै लागि ईश्वर को नासो ! तिम्रै प्रगाढ प्रेम राखेको थाती, मेरो प्यारो साथी तिमी ,मेरो प्यारो साथी !!     ...

" बिन्ति छ है !! "

आज मनमा धेरै कुरा खेली रा'छ नरिसाउ है,  त्यो मुटुको एक कुनामा बास माग्छु बिन्ति छ है ! जिवनभर साथ दिउँला जिवन साथि बनेर,  पराईको कल्पनामा नरमाउनु बिन्ति छ है ! यो दुरिमा कतै हाम्रो नाता टुटि छुट्यो भने, मेरै गल्ति देखाई दुनियाँ नहसाउनु बिन्ति छ है ! आखिर तिम्रै जीवन साथी  हुने छु म भन्छ्यौ भने, मलाई कहाँ सजाई राख्यौ भनि देउन बिन्ति छ है !!

" बिचलित मन अनि म ......!! "

      ए झरी परी देउ बेसरी म रुझ्न चाहन्छु, यो मन भित्र गुम्सिएका अनेकौ पिडाहरुलाई धुन चाहन्छु , पल पल मलाई तड्पाई मेरो भावना सँग खेलवाड हुन्छ किन ? जती आफ्नो भनेर नजिकिन चाह्न्छु त्यतिनै रसिला बचन बाणले घोची घोची मार्न खोज्छन् किन ? के यो पुर्व जन्म को फल हो या के हो ? त्यसैले चाहना छ यो मनमा सदा सदाको लागि बिश्राम लिन पाउँ.......!      

"मेरो मन तिमीलाई........! "

मेरो मन तिमीलाई........! कतै काहानी भयो कि यो जिन्दगी कतै कागजको पाना भित्र  रह्यो कि यो जिन्दगी संन्सार स्वार्थि भएपनि  भन्छ्यौ तिमी मेरो मनको मीत  एकदिन सुख शैल छाडि जाने  फेरि के को हार अनि के को जीत, त्यसैले, सङ्घर्षका तगाराहरु पन्छाउँदै जानु  कहिले काँहि एकान्तमा यसै गरि टोलाउनु मनको मैलो फालिदिनु छ बिसाउने चौतारी  बिन्ति छ है मेरो हजुर न हिड्नु है भौंतारी......!!      

" मौनतामा लुकेको प्रणय !"

                            "उनी सँग गाँसिएको मेरो जीवन र मौनतामा लुकेको प्रणय  (भाग-२) "                                                 उनलाई पहिलो पल्ट मेरो दिदी को साथमा देखेको थिएँ। त्यस दिन देखी मेरो नजर उनी माथि परी रहेको थियो ! समयले रफ्तार लिदै गयो म पनि उमेर सगै उक्लदै गएँ ।अन्तह: त्यो दिन आयो जहाँ उनको र मेरो भेट सम्बन्धमा गाँसिन पुग्यो । मलाई राम्ररी हेक्का छ त्यस दिन सरस्वती पूजा अर्थात बसन्त पन्च्मी परेको थियो । चारै तिर स्तुती र बाजा गाजाका साथ मेरो मुमाले उनको हात मेरो मेरो हातमा थमाई दिनु भयो ! त्यसदिन देखी जोडीएको नाता जीवनको यो उत्तरार्ध सम्म आई पुग्दा जे जति दु:ख,कस्ट आई परे पनि सदासर्वदा मेरो साथ दिई रहेकि छिन ! अझ उनको स्नेहताले सदैव मलाई प्रेरणा मिलेको छ ।            म मेरा आफन्त देखि सात समुन्द्र पारी यो मरुभुमिमा छु ! यहाँको तात...