Posts

" कस्तो लीला रच्यो ।"

रुँदा रुँदा आँशु नि सकियो, कमाएको धर्ती मै भासियो, प्रगती  गर्भमा तुहियो, दैवले नि छल गरेर कस्तो लीला रच्यो , बरै कस्तो लीला रच्यो !!

" सुन्दर शान्त देश बनाऊँ !"

परिआए देशको लागी बली चढाऊँ, युवा जोश र जाँगर बोकी अब देश बनाऊँ, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।। डाँडा पाखा भिरहरुमा लालीगुराँस फेरी फुल फुलाऊँ, तराईका गरागरामा सुन सरी फेरी बाला झुलाऊँ, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।। हातरिनु हुन्न रत्ती बिपत्ती नै आई परे, दु:ख पछी सुख आउला भन्छन सधैं आश गरे, आऊ आज राष्ट्र सेवक हो हातमा हात मिलाउँ, हाम्रै पाखुरीको बलले सुन्दर शान्त देश बनाऊँ ।।

" मेरो देश रोई रहयो ! "

मेरो देश रोई रहयो,  म पनि त रोएँ सात समुन्द्र पारिमा ! बास छैन गास खोस्यो, फर्किन नि पाइएन एस्तो बिपत्तिमा !!

" नयाँ बर्ष आयो है ! "

प्रकृतिले अनुपम उपहार ल्यायो है  कोटी कोटी नेपाली लौ नयाँ बर्ष आयो है,  नयाँ बर्ष आयो है,नयाँ बर्ष आयो है ।  बिहानीको लाली सँगै निस्किएको किरण  उज्यालो ज्योति छरी जगमगाउन थाल्यो है  तिता मिठा अतितहरु सम्झनाका पल भई  हर्ष र उमङ सँगै चमचमाउँद ल्यायो है नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  दु:ख पिडा बेदनाको आँशु होइन अब  मुलुकभर सम्रिद्दीको बिगुल हामी फुकौन  अशान्ति र बिद्रोहको क्रोध होइन अब सबै जाति एक भई बिकासमा जुटौन नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष सबजनको हार्दिकताले भरिन  मुलुकभर चेतनाको शन्देश लीई फैलिन  नेपाली चाहना दुबो सरी मौलाई  पाइला पाइला चालेर उन्नतिमा लम्किन  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।      

" मेरो अपिल ! "

Image
युवाहरुले आफ्नो पहिचान बिर्सिय कुनै पार्टिको लडाकु कार्यकर्ता भएर बस्नु पर्छ । मुलुक भरी बेरोजगारीको संख्या  यसै त बढिनै रहेको छ त्यसैमा आन्दोलनका लागि भन्दै युवाहरुलाई गोरु सम्झेर खरिद बिक्री गर्नेको के कमी छ र यहाँ । दु:ख लाग्यो यो तस्बिर देखेर अझै पनि निधारमा रातो कफन होइन आँखा मै कफन बाँधेर नेताको पछी लाग्नु भनेको हामीले हाम्रो भबिस्य अन्धाकार तिर धकेल्नु हो, हे युवा अब त आँखा खोल केही बोल र बहिस्कार गर ती तमाम नेताहरुको हरेक नौंटकीलाई ।  "सक्छौ भने हे नेता हो  लठ्ठी होइन योग्यता अनुसार  रोजगार देउ परजिवी होइन  स्वतन्त्र भई  बाँच्ने अधिकार देउ ।  २१औँ सताब्दिका युवा हामी  काँधमा काँध मिलाउँ सबै नेता एकातिर पाखा लाऔँ, अब त सम्झौँ बुझौँ अनी  देशलाई उन्नतिमा लाम्काउँ !! " जय युवा,जय मातृभूमि ।।   

" राजनेता कहाँ भेटिएला ? "

राजनीति साँचै लाजनिती बन्दै गएछ, स्वच्छ हावामा सास फेर्ने धोको अब आन्दोलनको तुवालोले ढाक्ने भएछ, कठै देश त झन झन दुर्गतिको दलदलमा फँस्दैछ, लाग्छ अब यो देश अहिलेका नेताहरुको हातबाट कहील्यै सप्रिन्न । मेरो देशका लागि त्याग र बलिदान दिने राजनेता कहाँ भेटिएला ?

" आभार प्रकट ! "

     जीवनमा जन्म सँगै उस्ले आफ्ना जीवन भरी भोग्न पर्ने कर्म पनि सँगै लिएर आएको हुन्छ यो यथार्त हामी सबै माझ सर्व बिदितै छ,यी नै जीवनका उकाली ओराली पार गर्ने क्रममा प्रत्यक बर्ष आउने यो जन्म दिनलाई अझ अबिस्मरनीय बनाउन,आफन्त र हितैषी मित्रहरुको शुभकामना आशिर्वाद पाउँदा आज म ज्यादै हर्षित छु । यो खुशी मेरा लागि चिरायु बनोस यहाँहरुको मायाले सँधै मलाई सुमार्गमा हिंड्न सिकाओस भन्ने कामनाको साथ यहाँहरुबाट प्राप्त शुभकामनालाई सिरोधार्य गर्दै स्वदेश तथा बिदेशमा रहनु भएका मेरा आफन्त मान्यवर,हितैषी मित्रहरु लगाएत शुभ चिन्तकहरु प्रति हिर्दय देखी आभार प्रकट गर्दछु ।