" मेरो अपिल ! "
युवाहरुले आफ्नो पहिचान बिर्सिय कुनै पार्टिको लडाकु कार्यकर्ता भएर बस्नु पर्छ । मुलुक भरी बेरोजगारीको संख्या यसै त बढिनै रहेको छ त्यसैमा आन्दोलनका लागि भन्दै युवाहरुलाई गोरु सम्झेर खरिद बिक्री गर्नेको के कमी छ र यहाँ । दु:ख लाग्यो यो तस्बिर देखेर अझै पनि निधारमा रातो कफन होइन आँखा मै कफन बाँधेर नेताको पछी लाग्नु भनेको हामीले हाम्रो भबिस्य अन्धाकार तिर धकेल्नु हो, हे युवा अब त आँखा खोल केही बोल र बहिस्कार गर ती तमाम नेताहरुको हरेक नौंटकीलाई ।
"सक्छौ भने हे नेता हो
लठ्ठी होइन योग्यता अनुसार
रोजगार देउ
परजिवी होइन
स्वतन्त्र भई
बाँच्ने अधिकार देउ ।
२१औँ सताब्दिका युवा हामी
काँधमा काँध मिलाउँ
सबै नेता एकातिर पाखा लाऔँ,
अब त सम्झौँ बुझौँ अनी
देशलाई उन्नतिमा लाम्काउँ !! "
जय युवा,जय मातृभूमि ।।
Comments
Post a Comment