" नयाँ बर्ष आयो है ! "

प्रकृतिले अनुपम उपहार ल्यायो है 
कोटी कोटी नेपाली लौ नयाँ बर्ष आयो है, 
नयाँ बर्ष आयो है,नयाँ बर्ष आयो है । 

बिहानीको लाली सँगै निस्किएको किरण 
उज्यालो ज्योति छरी जगमगाउन थाल्यो है 
तिता मिठा अतितहरु सम्झनाका पल भई 
हर्ष र उमङ सँगै चमचमाउँद ल्यायो है
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 

दु:ख पिडा बेदनाको आँशु होइन अब 
मुलुकभर सम्रिद्दीको बिगुल हामी फुकौन 
अशान्ति र बिद्रोहको क्रोध होइन अब
सबै जाति एक भई बिकासमा जुटौन
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 

नयाँ बर्ष सबजनको हार्दिकताले भरिन 
मुलुकभर चेतनाको शन्देश लीई फैलिन 
नेपाली चाहना दुबो सरी मौलाई 
पाइला पाइला चालेर उन्नतिमा लम्किन 
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 
नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है । 
  

 

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"