Posts

खै कस्तो दुखाई हो

खै कस्तो दुखाई हो यो हे-यो चोट देखिन्न ! खै कस्तो भोगाई हो यो रोजे साथ पाईन्न ! खै कस्तो डौडाई हो डौडिए बिन्दु भेटिन्न ! खै कस्तो पर्खाई हो यो कुरे कोहि देखिन्न ! - परी  

Missed you ever.....!!

Missed yOu ever.....!! जीवन देखी अघाएर म बिस्तारै सुस्ताउंँदै गए भने मेरो हौसला भनी मलाई साथ दिनु तिमी छौ र पो म नि छु , किन कि तिमीमा मेरो प्राण पखेरु छ । Missed yOu ever.....!! आज पनि सपनीमा तिमीलाई भेटेँ, सपनीका यादहरु हिर्दयमा लेखें ! कहाँ जाउँ कस्लाई सुनाउँ बेथा बिछोडको, आँफै कोरुँ कोरुँ लाग्ने भाग्यरेखा मिलनको !! Missed yOu ever.. म त्यो मुहारलाई नियाल्दै चिन्ने कोसिस गर्दैछु । उनको मेरो सम्बन्धको स्वरूप के हो खोज्दैछु ।। साक्षी राखुँ अनगिन्ती ती ताराहरु या भाकुँ देवी देउता । भुमरी यो अन्योलको तर्थें आकार पाए एउटा ।। मलाई माया गर्छु भन्ने हे मेरो मन तिमी कहाँ म कहाँ ? एक्लो जीवन एक्लै छ यात्रा , के रित यस्तै हो यहाँ ? Missed yOu ever.....!! मायाको कुरा गर्न चाँदनी रात नै चाहिन्दैन भो तिम्रो मुहारको चमक भए पुग्छ मेरो उजाड जिवनमा तिम्रो एक पल भए पुग्छ मेरो हर दुखमा तिम्रो एक मुस्कान भए पुग्छ । - परी Missed yOu ever.....!! कति जाति हुन्थ्यो होला यो मनले जस्तो त्यो मनले सोचिदिने भए कति माथि पुग्थ्यो होला तिम्रो पाँउ नलड्बडाएको भए ।। बाँची रहे बिषको घटा...

स्‍मृतिमा तिमी..........!

ऋतु सँगै तिम्रो पनि मन परिवर्तन भएछ कि क्या हो हिजो आज तिम्रो केही खबर नै आउनदैन ! जाने बेलामा म सँग अनेकौ बाचा गर्यौ नाना थरिका कसम खायौ आज महिनौ बिती सक्दा पनि तिम्रो कुनै खबर नपाउँदा मलाई तिमी प्रति कता कता शंकालु हुन वाध्य बनाएको छ ! म बिर्सुं पनि कसरी मेरो हिर्दयको कण कणमा तिमी जो बसेकी छौ ! त्यती मात्र कहाँ हो र तिमीले अतितमा स्नेह पूर्ण भाव ब्यक्त गर्दै मेरो हरेक सफलतालाई होस्टेमा हैसे गरी मेरो प्रेरणाको श्रोत बनी मलाई सधैं उर्जा दियौ आज मलाई तिमो अभाव खट्किएकोछ, तिम्रो आवश्यकता महसुस गरिरहेको छु यो परदेशमा ! सुन्दै छु, बर्षौ पहिले हामी रमाउने त्यो चिहानघाट नजिकैको बगैँचामा अचेल तिमी एक्लै टोलाउँछेउ रे,कहिले एक्लै बड्बडाउँछेउ रे ! परिस्थितीले म सँगै हुन नपाए पनि हामी बिच मौलाएको यो पिरतिको पालुवालाई सकेसम्म जलमल दिएर सम्भाली राख्ने छु केवल तिम्रो यादमा र तिम्रो आगमनको पर्खाइमा !!! Missed you ever....

"परी"

                     "परी" प्रभातको किरण सँगै तिम्रै छेऊ आउँकी ? मेरो न्यानो स्पर्शले सुस्त सुस्त जगाउँकी ? परेलीले चिहाउँलान मनको ढोका उघारी, त्यै खुशीमा रमाउँदै "परी" भनी बोलाउँ की ?         Missed yOu ever.....!   आँखा छोपी निदाएनि सपनीमा आउथ्यौं, घुम्टो ओढि पिरतीको मेरै काखमा हराउँथ्यौ, एकान्तमा छट्पटाउँदा वर पर डुली, स्‍मृतिको चौतारीमा पर्खि मलाई बोलाउँथ्यौ, सुन्य भयो यो मन मेरो तिम्रा सुमधुर स्वर बिना, फर्की आउ सक्दिन म जिउन अब तिमी बिना....!!              Missed yOu eVer.......!! तिमी नै त हौ नि जीवन भरको साहारा, भन्थेउ कहिले रुंदै रुंदै छाडि नजाउ हे प्यारा ! हेर्दा हेर्दै डाँडै काटि लाग्यौ डोली चढि , आधा जिउ त्यतै गयो बाँचु अब कसो गरी !!                   लुटिएको मन  रातो गुलाब हातमा थियो तिमी मेरो साथमा, चाहना यो बढ्दै गयो जुनेली त्यो रातमा, परेली त्यो झिम्काउँदै लठै पारी दियौ, भन र...

मनको चाह !

Image
मनको चाह ! जिन्दगीलाई नयाँ मोडमा रंगिन बनाउँदै, हरपल खुसीमा आफुलाई चुर्लुम्म डुबाउँदै, अब तिम्रा यादहरु समेटी यो हिर्दयमा  जिउन चाहन्छु यो सम्बन्धलाई अटुट बनाउँदै । हृदयको कामना मेरो !  तिमी फुल बनेर मगमगाई रहनु , तिमी सहारा बनी मेरो जीवनमा आउनु ! जिउनु त एक्लै छँदैछ अझै कती युग , कहीं कतै कोरियो भने हाम्रो प्रेमको कथा ! त्यही कथा पढेर कहिले काँही रमाउनु !! तिर्सना मनको  तिमीलाई लुकी लुकी हेर्ने बानी बस्यो , नजिक आई तर्की हिंड्ने तिम्रो बानी बस्यो , खै के भयो दुबै तिर यस्तो चालामाला , हाम्रो दुरी बढाउने कस्ले खेल रच्यो ?

"चेतन कार्की,प्रकाश थापा र बि एस थापा आदर्श हुन मेरा लागि ।" प्रकाश सायमी

Image
"चेतन कार्की,प्रकाश थापा र बि एस थापा आदर्श हुन मेरा लागि ।" प्रकाश सायमी ।, सिर्जना संवादमा पाठकिय अन्तर्कृयात्मक कार्यक्रममा बरिष्ठ साहित्यकार प्रकाश सायमी द्वारा लिखित  "काठमाडु सेल्फी" पुस्तक बारे पाठक सँग अन्तर्कृया । भिडियो सहित:-

"प्रकाश सायमी भनेको नेपाली साहित्य संगीतका जिवित इन्साइक्लोपिडिया हो ।" साहित्यकार माया ठकुरी ।

Image
"प्रकाश सायमी भनेको नेपाली साहित्य संगीतका जिवित इन्साइक्लोपिडिया हो ।" साहित्यकार माया ठकुरी । सिर्जना संवादमा पाठकिय अन्तर्कृयात्मक कार्यक्रममा बरिष्ठ साहित्यकार प्रकाश सायमी द्वारा लिखित  "काठमाडु सेल्फी" पुस्तक बारे पाठक सँग अन्तर्कृया । भिडियो सहित:-