मनको चाह !







मनको चाह !

जिन्दगीलाई नयाँ मोडमा रंगिन बनाउँदै,
हरपल खुसीमा आफुलाई चुर्लुम्म डुबाउँदै,
अब तिम्रा यादहरु समेटी यो हिर्दयमा 
जिउन चाहन्छु यो सम्बन्धलाई अटुट बनाउँदै ।

हृदयको कामना मेरो ! 
तिमी फुल बनेर मगमगाई रहनु ,
तिमी सहारा बनी मेरो जीवनमा आउनु !
जिउनु त एक्लै छँदैछ अझै कती युग ,
कहीं कतै कोरियो भने हाम्रो प्रेमको कथा !
त्यही कथा पढेर कहिले काँही रमाउनु !!

तिर्सना मनको 
तिमीलाई लुकी लुकी हेर्ने बानी बस्यो ,
नजिक आई तर्की हिंड्ने तिम्रो बानी बस्यो ,
खै के भयो दुबै तिर यस्तो चालामाला ,
हाम्रो दुरी बढाउने कस्ले खेल रच्यो ?

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"