स्‍मृतिमा तिमी..........!


ऋतु सँगै तिम्रो पनि मन परिवर्तन भएछ कि क्या हो हिजो आज तिम्रो केही खबर नै आउनदैन !
जाने बेलामा म सँग अनेकौ बाचा गर्यौ नाना थरिका कसम खायौ आज महिनौ बिती सक्दा पनि तिम्रो कुनै खबर नपाउँदा मलाई तिमी प्रति कता कता शंकालु हुन वाध्य बनाएको छ ! म बिर्सुं पनि कसरी मेरो हिर्दयको कण कणमा तिमी जो बसेकी छौ ! त्यती मात्र कहाँ हो र तिमीले अतितमा स्नेह पूर्ण भाव ब्यक्त गर्दै मेरो हरेक सफलतालाई होस्टेमा हैसे गरी मेरो प्रेरणाको श्रोत बनी मलाई सधैं उर्जा दियौ आज मलाई तिमो अभाव खट्किएकोछ, तिम्रो आवश्यकता महसुस गरिरहेको छु यो परदेशमा ! सुन्दै छु, बर्षौ पहिले हामी रमाउने त्यो चिहानघाट नजिकैको बगैँचामा अचेल तिमी एक्लै टोलाउँछेउ रे,कहिले एक्लै बड्बडाउँछेउ रे ! परिस्थितीले म सँगै हुन नपाए पनि हामी बिच मौलाएको यो पिरतिको पालुवालाई सकेसम्म जलमल दिएर सम्भाली राख्ने छु केवल तिम्रो यादमा र तिम्रो आगमनको पर्खाइमा !!! Missed you ever....

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"