Posts

सुदूरपश्चिममा भारतले २ लाख ५६ हजार लिटर डिजेल पठायो ।

Image
१४ कार्तिक , धनगढी । भारतबाट गौरीफन्टा नाका हुँदै शनिबार धनगढी १४ वटा तेलका टयाङ्कर भित्रिएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार शनिबार २ लाख ५६ हजार लिटर डिजेल धनगढी आइपुगेको छ।

Dynamic International Airways fire.

Image
18 Oct 2015. ABC News has obtained video of yesterday's Dynamic International Airways fire at Fort-Lauderdale-Hollywood International Airport. What we find notable, as compared to other recent emergency evacuations, is the lack of cabin baggage being removed by the passengers.

नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी ।

Image
१४ कात्तिक, काठमाडौ  ।  नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी भएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एमाओवादीका नेता पुनले कुल खसेको मतको ३२५ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी  कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन्।

रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्प गयो ।

Image
काठमाडौं, कात्तिक १४ –  रसुवा केन्द्रविन्दु भएर पराकम्प गएको छ । शनिबार बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेलहिया नाका हुँदैं इन्धन भित्रिए ।

Image
                                                                                    रुपन्देही,  १४  कात्तिक   । रुपन्देहीको बेलहिया नाका हुँदैं इन्धन बोकेका ५४ वटा गाडी नेपाल भित्रिएका छन् ।  भन्सार कार्यालयले जनाए अनुसार  बेलहिया नाकाबाट शुक्रबार राति डिजेल बोकेका ३१ वटा, पेट्रोल बोकेका ६ वटा तथा मट्टितेल बोकेको एउटा ट्यांकर नेपाल भित्रिएका छन ।  यस्तै १८ वटा एलपी ग्यास बुलेट र अरु सामान बोकेका ३  सय ६ वटा गाडी पनि नेपाल भित्रिएका छन् ।

ब्यवसथापिका संसदबाट अाज नयाँ उपराष्ट्रपति चुनिंदै ।

Image
१४ काठमाडौंं । नयाँ संविधान जारी भएपछि आज देशले नयाँ उपराष्ट्रपति पाउन लागेको छ। दिउँसो व्यवस्थापिका संसद भवनमा हुने उपराष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका समानुपातिक सभासद  सिरहाका अमियकुमार यादव र एकीकृत माओवादीका पूर्व लडाकु कमान्डर नन्दकिशोर पुन प्रतिष्पर्धामा छन् ।

नाकावन्दी बिरुद्ध सर्वोच्च अदालतले दियो यस्तो आदेश ।

Image
२०७२  कार्तिक  १३  मुद्दा सुरक्षा परिषद्‍मा लैजान माग गर्दै सर्वोच्च अदालतले भारतले एकतर्फी रुपमा लगाएको नाकावन्दी खोल्न अबलम्बन गरिएका उपायको विवरणसहित दस दिनभित्र अदालतमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ। नाकावन्दी खोल्न ठोस् पहल नभएका कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै सरकारलाई दबाब दिन दायर रिटमा शुक्रबार उक्त आदेश भएको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नेपाल भारतविचको नाकामा इन्धनलगायत दैनिक उपभोग्य बस्तुको आपूर्तिमा भएको अवरोध हटाउन गरिएका उपायसहित लिखित जवाफ लिएर सर्वोच्चमा उपस्थित हुन भनेको छ। मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, परराष्ट्र मन्त्रालय, गृह, बाणिज्य तथा आपुर्ति मन्त्रालय र नेपाल आयल निगमलाई दश दिनभित्र छलफलमा उपस्थित हुन आदेश दिइएको छ । नेपाल र भारत संयुक्त राष्ट्र संघ र विश्वव्यापार संगठनका सदस्य रहे पनि भारत संघको वडापत्र एवं सन्धी सम्झौताको पालनामा च्युत भएका कारण नेपाली जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको दाबीसहित संवैधानिक कानुनव्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता डा.चन्द्रकान्त ज्...