Posts

" नयाँ बर्ष आयो है ! "

प्रकृतिले अनुपम उपहार ल्यायो है  कोटी कोटी नेपाली लौ नयाँ बर्ष आयो है,  नयाँ बर्ष आयो है,नयाँ बर्ष आयो है ।  बिहानीको लाली सँगै निस्किएको किरण  उज्यालो ज्योति छरी जगमगाउन थाल्यो है  तिता मिठा अतितहरु सम्झनाका पल भई  हर्ष र उमङ सँगै चमचमाउँद ल्यायो है नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  दु:ख पिडा बेदनाको आँशु होइन अब  मुलुकभर सम्रिद्दीको बिगुल हामी फुकौन  अशान्ति र बिद्रोहको क्रोध होइन अब सबै जाति एक भई बिकासमा जुटौन नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष सबजनको हार्दिकताले भरिन  मुलुकभर चेतनाको शन्देश लीई फैलिन  नेपाली चाहना दुबो सरी मौलाई  पाइला पाइला चालेर उन्नतिमा लम्किन  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।  नयाँ बर्ष आयो है नयाँ बर्ष आयो है ।      

" मेरो अपिल ! "

Image
युवाहरुले आफ्नो पहिचान बिर्सिय कुनै पार्टिको लडाकु कार्यकर्ता भएर बस्नु पर्छ । मुलुक भरी बेरोजगारीको संख्या  यसै त बढिनै रहेको छ त्यसैमा आन्दोलनका लागि भन्दै युवाहरुलाई गोरु सम्झेर खरिद बिक्री गर्नेको के कमी छ र यहाँ । दु:ख लाग्यो यो तस्बिर देखेर अझै पनि निधारमा रातो कफन होइन आँखा मै कफन बाँधेर नेताको पछी लाग्नु भनेको हामीले हाम्रो भबिस्य अन्धाकार तिर धकेल्नु हो, हे युवा अब त आँखा खोल केही बोल र बहिस्कार गर ती तमाम नेताहरुको हरेक नौंटकीलाई ।  "सक्छौ भने हे नेता हो  लठ्ठी होइन योग्यता अनुसार  रोजगार देउ परजिवी होइन  स्वतन्त्र भई  बाँच्ने अधिकार देउ ।  २१औँ सताब्दिका युवा हामी  काँधमा काँध मिलाउँ सबै नेता एकातिर पाखा लाऔँ, अब त सम्झौँ बुझौँ अनी  देशलाई उन्नतिमा लाम्काउँ !! " जय युवा,जय मातृभूमि ।।   

" राजनेता कहाँ भेटिएला ? "

राजनीति साँचै लाजनिती बन्दै गएछ, स्वच्छ हावामा सास फेर्ने धोको अब आन्दोलनको तुवालोले ढाक्ने भएछ, कठै देश त झन झन दुर्गतिको दलदलमा फँस्दैछ, लाग्छ अब यो देश अहिलेका नेताहरुको हातबाट कहील्यै सप्रिन्न । मेरो देशका लागि त्याग र बलिदान दिने राजनेता कहाँ भेटिएला ?

" आभार प्रकट ! "

     जीवनमा जन्म सँगै उस्ले आफ्ना जीवन भरी भोग्न पर्ने कर्म पनि सँगै लिएर आएको हुन्छ यो यथार्त हामी सबै माझ सर्व बिदितै छ,यी नै जीवनका उकाली ओराली पार गर्ने क्रममा प्रत्यक बर्ष आउने यो जन्म दिनलाई अझ अबिस्मरनीय बनाउन,आफन्त र हितैषी मित्रहरुको शुभकामना आशिर्वाद पाउँदा आज म ज्यादै हर्षित छु । यो खुशी मेरा लागि चिरायु बनोस यहाँहरुको मायाले सँधै मलाई सुमार्गमा हिंड्न सिकाओस भन्ने कामनाको साथ यहाँहरुबाट प्राप्त शुभकामनालाई सिरोधार्य गर्दै स्वदेश तथा बिदेशमा रहनु भएका मेरा आफन्त मान्यवर,हितैषी मित्रहरु लगाएत शुभ चिन्तकहरु प्रति हिर्दय देखी आभार प्रकट गर्दछु । 

" सम्झना परदेशबाट......!! "

      बषौ पहिले तिमी सँग बिताएका अतितका ती दिनहरु आज मेरो मानसपटलमा चलचित्र झै यी आँखा आगाडी छाई रहेको छ ।तिमी सामु आफुलाई समर्पित गर्दै तिमी सगँ कहिले स्नेहाताको आनन्द लीई,त कहिले बषन्ती पालुवा,लता-वृक्षसगँ दोहरी गाएका ती रमाईला पलहरूको यतिखेर शब्दमा वर्णन गर्न पनि सक्दिन । जब जब तिमी ती खहरे खोला सगँ सुसेली हाल्दै सुसाउने गथ्यौ त्यती बेला यो तन,यो मन दुबै तिमीलाई भेट्न आतुर हुन्थ्यो ! चाहे त्यो शिसिर यामको कठ्याग्रीदो समय होस वा ग्रिस्म यामको टनटला पुर्ण घाम तिम्रो त्यो बिशाल ह्र्द्य भित्र एक अबोध बालक सरी जब म आफुलाई पाउँथे ।लाग्दथ्यो यहि नै संसार को चरमसुख हो । हिजो आज तिमी लाई न भेटेको पनि बर्षौ भयो थाह छैन कुन भेषमा होउली के गर्दै होउली ।सुन्दै छु अचेल त्यो पवित्र ,कन्चन् ह्र्द्यमा बैरी लाग्यो रे, नास्तिकहरूको बाहुल्य रहेको ठाउँ मा दैत्य लाग्यो रे, सायद त्यसैले होला आजकल हरेक रात सपनीमा तिम्रा ती कारुणिक सुस्केराहरू गुन्जिएको महसुस गर्छु ! कतै तिमीलाई पाउँछु की भनी ,म सधै समुन्द्रको किनार छेउ बसी घन्टौ ती छालहरु नियाल्ने गर्छु र छुने गर्छु ताकि तिम्रो न्यानो स्...

" म मतदाताको प्रश्न ? "

Image
आखिर जनता कै लागि यतिका संघर्श गरेका हौ भने हाम्रै करले बनाएका यी कुर्सी भाँच्ने अधिकार कस्ले दियो मुर्खहरु हो ?  

" हार्दिक श्रद्धाञ्जली ! "

हामीले अधिकारको कुरा गर्दा बिभिन्न धर्ममा आस्था राख्ने,एक भै मिलेर बसेका सयौं जातजाती र नेपाली हौँ भन्ने अधिकार पनि गुमाउँदै छौँ । जस्ले छरिएर रहेका सबै जातजातिलाई एकताको सुत्रमा बाँधी एउटा राष्ट्र बनायो,विश्वमा कहिल्यै शिर नझुकेको बहादुर गोर्खाली भनी चिनायो आज उनै पुर्खाको सम्मान पनि नगरिँदा दु:ख लागेर आउँछ । खैर जे होस् नेताहरुले बाटो बिराए तर हामी नागरिकले बाटो नबिराउँ त्यसैले एकता का प्रतिक राष्ट्र निर्माता स्व.श्री ५ महाराजधिराज पृथ्वी नारायण शाहको २९३ औं जन्मजयन्तिको उपलक्ष्यमा कृतज्ञताको साथ हार्दिक श्रद्धाञ्जली प्रकट गरौँ !! जय देश जय राष्ट्रवाद ।। "मेरा साना दु:खले आर्ज्यको मुलुक होइन,सबै जातको फुलबारी हो ! सबैलाइ चेतना भया !"