" सम्झना परदेशबाट......!! "
बषौ पहिले तिमी सँग बिताएका अतितका ती दिनहरु आज मेरो मानसपटलमा चलचित्र झै यी आँखा आगाडी छाई रहेको छ ।तिमी सामु आफुलाई समर्पित गर्दै तिमी सगँ कहिले स्नेहाताको आनन्द लीई,त कहिले बषन्ती पालुवा,लता-वृक्षसगँ दोहरी गाएका ती रमाईला पलहरूको यतिखेर शब्दमा वर्णन गर्न पनि सक्दिन ।
जब जब तिमी ती खहरे खोला सगँ सुसेली हाल्दै सुसाउने गथ्यौ त्यती बेला यो तन,यो मन दुबै तिमीलाई भेट्न आतुर हुन्थ्यो ! चाहे त्यो शिसिर यामको कठ्याग्रीदो समय होस वा ग्रिस्म यामको टनटला पुर्ण घाम तिम्रो त्यो बिशाल ह्र्द्य भित्र एक अबोध बालक सरी जब म आफुलाई पाउँथे ।लाग्दथ्यो यहि नै संसार को चरमसुख हो ।
हिजो आज तिमी लाई न भेटेको पनि बर्षौ भयो थाह छैन कुन भेषमा होउली के गर्दै होउली ।सुन्दै छु अचेल त्यो पवित्र ,कन्चन् ह्र्द्यमा बैरी लाग्यो रे, नास्तिकहरूको बाहुल्य रहेको ठाउँ मा दैत्य लाग्यो रे, सायद त्यसैले होला आजकल हरेक रात सपनीमा तिम्रा ती कारुणिक सुस्केराहरू गुन्जिएको महसुस गर्छु ! कतै तिमीलाई पाउँछु की भनी ,म सधै समुन्द्रको किनार छेउ बसी घन्टौ ती छालहरु नियाल्ने गर्छु र छुने गर्छु ताकि तिम्रो न्यानो स्पर्शको अनुभुति होस् ।
मेरो प्यारो डुडुवा नदी,मेरो प्यारो कोहलपुर ,अनि मेरो प्यारो देश नेपाल।
तिमीलाई मेरो सम्झना परदेशबाट......!!
Comments
Post a Comment