जुन तारा देखिए झैं हेर्न पाए हुन्थ्यो मनको गाँठो फुकाएर बोल्न पाए हुन्थ्यो , यत्रत्यत्र छरिएका सम्झनाका कोसेली सँगै, अजम्बरी नाता गाँसी जिउन पाए हुन्थ्यो !!
कर्मभुमी जहाँ भएनी तनमन हो नेपालीको, फहराई रहन्छु विश्वभरी उचाली झन्डा राष्ट्रको ! स्वाभिमान जोगाउन डराउँदिन रति पनि, मेरो नेपाल सजाउँछु बनाइ स्वर्गसरि यो !!
मेरा पछी तिम्रा आँशु पुछिदिने हजार होला, म न रहे नि यो दुनियाँमा खुशी दिने हजार होला, परिस्थी एस्तो आउला कुनै दिन त याद आउला, त्यही यादमा छ्टपटिंदा भुल सम्झी पछुताउला !!