ती बचन र चोट पनि प्रिय लाग्न थाल्यो,
तिम्रो नाम जोडे पछी हर्ष बढन थाल्यो !
निधारैमा कोरुँ लाग्यो एउटा एउटा अक्षर,
जल्दै रहुन सारा दुस्मन जल्दै रहोस् नक्षत्र !!
रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस ! देश नयाँ युग तिर गती लियो अरे, भ्याए सम्म नेताले आफ्नै भुँडी भरे ! चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी, कुनै दिन पालो आउला हेरौला नि फेरी !!!! रतन चन्द ।
Comments
Post a Comment