Posts

Showing posts from November, 2017

तिमी

खै कसरी बस्यौ यो मेरो मनमा, भुल्नै सक्दिन नि यो जुनीजुनीमा ! टाढा राखी बस्न मन लाग्दैन , सोच्दै छु केहि त खास छ तिमीमा !!

हृदयको माझ

नौलो यात्रा ,सुनौलो बिहानीले आफ्नो कर्मको भाग बोकेर हिड्दैछ । तिम्रो आगमनले थप जिम्मेवारी महसुस गरेको छु । तिमी सँग बिताएका सुखद पल मेरो अन्तिम हो या सुरुवात , यो हृदयमा माया भरी मेरो आदर्श बनेर बस्यौ, छैन चाहना अरु केहि बाँचुन्जेल त्यो मुहार यसैगरी चम्की रहोस् । "सृष्टिको रचना तिमी मेरो जिउने आधार , यो हृदयको माझ बस्यौ धड्कि सँधै हर प्रहर ।।"

हर्ष

ती बचन र चोट पनि प्रिय लाग्न थाल्यो, तिम्रो नाम जोडे पछी ह र्ष बढन थाल्यो ! निधारैमा कोरुँ लाग्यो एउटा एउटा अक्षर, जल्दै रहुन सारा दुस्मन जल्दै रहोस् नक्षत्र !!