"गीत मेरो मनको ! "

मेरो बाचा अधुरै भो जीवन भर को साथ थियो ,
तन यो रोगले खायो नि जीउने अझै आश थियो !

धर्ती फाट्यो भासिएँ कहिले डुबेँ सागरमा ,
उजाडिएको बनपाखा झैँ बैराग्य भो यो मनमा ,
कामनाको दियो बाली जेनतेन चलेको सास थियो, 
तन यो रोगले खायो नि जीउने अझै आश थियो !


ओईलीएका पतझड झैं जिन्दगी नै बेकार भो ,
सल्किएको आगो सँगै जली जली राख भो ,
उनको प्रित मेरो लागि स्नेहाताको काख थियो , 
तन यो रोगले खायो नि जीउने अझै आश थियो !!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"