Posts

Ambar With Ratan

https://youtu.be/_al1IZAFC10

स्‍मृतिमा तिमी..........!

स्‍मृतिमा तिमी..........! ऋतु सँगै तिम्रो पनि मन परिवर्तन भएछ कि क्या हो हिजो आज तिम्रो केही खबर नै आउनदैन ! जाने बेलामा म सँग अनेकौ बाचा गर्यौ नाना थरिका कसम खायौ आज महिनौ बिती सक्दा पनि तिम्रो कुनै खबर नपाउँदा मलाई तिमी प्रति कता कता शंकालु हुन वाध्य बनाएको छ ! म बिर्सुं पनि कसरी मेरो हिर्दयको कण कणमा तिमी जो बसेकी छौ ! त्यती मात्र कहाँ हो र तिमीले अतितमा स्नेह पूर्ण भाव ब्यक्त गर्दै मेरो हरेक सफलतालाई होस्टेमा हैसे गरी मेरो प्रेरणाको श्रोत बनी मलाई सधैं उर्जा दियौ आज मलाई तिमो अभाव खट्किएकोछ, तिम्रो आवश्यकता महसुस गरिरहेको छु यो परदेशमा ! सुन्दै छु, बर्षौ पहिले हामी रमाउने त्यो चिहानघाट नजिकैको बगैँचामा अचेल तिमी एक्लै टोलाउँछेउ रे, कहिले एक्लै बड्बडाउँछेउ रे  परिस्थितीले म सँगै हुन नपाए पनि हामी बिच मौलाएको यो पिरतिको पालुवालाई सकेसम्म जलमल दिएर सम्भाली राख्ने छु केवल तिम्रो यादमा र तिम्रो आगमनको पर्खाइमा ...!

शारदाको जीवनीमा भिडियो ।

Image
बिगत २१ बर्ष देखी निरन्तर भ्रष्टाचारका बिरुद्ध आवाज उठाउँदै आउनु भएकी जुझारु महिलाको नाम हो "शारदा" उनै शारदाको जीवनीमा तयार पारीएको यो एउटा भिडियो हेर्नुहोस् । -

मधेशको समस्या हाम्रो हो !

मधेशको समस्या हाम्रो  हो , जनभावना बुझ्न त्यहाँ जाउँन हो ! अहिलेका नेतालाई गरौं बहिष्कार, राष्ट्र बचाउन बनौँ बफादार, नागरिक हामी यही नेपालका, विश्व सामु न कहिले नझुकेका, सम्मान गर्दै जन बोली त्यो, मधेशको समस्या हाम्रो हो, जनभावना बुझ्न त्यहाँ जाउँन हो !! पुर्खा हाम्रा सिता,बुद्ध,जनक थिए, धर्म संस्कृति र शान्ती दिए, पार लागाउ सन्तति  भई उनैको, अब बेला आयो कर्तब्य पालकको, मधेशको समस्या हाम्रो हो, जनभावना बुझ्न त्यहाँ जाउँन हो !

देउसी भैलो बेन्ड बाजामा ।

Image
२४ कार्तिक, काठमाडौं । कस्ले भन्छ हामी मधेसीले पहाडीयाको देउसी भैलो खेल्न हुँदैन ? हिमाल पहाड तराई कोही छैन पराई । मधेशका कथित नेताहरुलाई यो भिडियोले चेतना दियोस जय होस् । हेर्नुहोस् भिडियो । 

"सरकार ओली सँग भए पनि संबिधानको चाबी काँग्रेस सँग ।

Image

सबैलाई आश्चर्यमा पार्दै ‘परदेशी’ को व्यापारमा नयाँ रेकर्ड ।

Image
१६ कार्तिक,काठमाडौं । सबैलाई आश्चर्यमा पार्दै चलचित्र "परदेशी" ले व्यापारमा नयाँ रेकर्ड राखेको छ । नारायण रायमाझीको निर्देशन,  प्रशान्त तामाङ, रजनी केसीको मुख्य भूमिका रहेको  चलचित्र ले प्रदर्शनको २ साता पुरा गर्दै गर्दा ३ करोडको ग्रस कारोबार गरेको निर्माता राजेश वंशलले जानकारी गराए ।यही  कार्तिक ३ गते देखी यो चलचित्र हलमा लागेको थियो ।