मनको गीतमा तिमी !

ईन्द्र कमल फूल टिपी सिरमा  सिउरी दिउकी
रेशमी को पछेउरी ले  घुम्टो ओढाई दिउकी
लठै पारेउ पागल भएे लाग्यो मोहनी
पञ्चे बाजा बजाइ आउछु गरौ बाराउनी

नदेखेको होइन मैले नसोचेको होइन
बाचा कसम भो तिमीलाई धोका दिने छैन
प्रित गासी आजै देखी चिट्ठी चलाई  दिउकी
तिमी आउने बाटो भरी फूल सजाई दिउ कि

अङालोमा भरी सुन यो मुटु को धड्कन
अजम्बरी छ है भन्छ पिरतिको बन्धन
दुई मुटुलाई एकै बनाई अझै धड्की दिउकी
तिमी आउने बाटो भरी फूल सजाई दिउ कि .....!!!!

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"